इनरुवाले प्रयोगमा ल्यायो स्मार्ट डस्टविन

इनरुवा / इनरुवा नगरपालिकाको कार्यालयले बहुउपयोगी स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । सेवाग्राहीका साथै कार्यालय आउजाउ गर्नेहरुलाई लक्षित गरी स्मार्ट डस्टविन प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

सोलार सिस्टमको उक्त डस्कविन बहुउपयोगी रहेको नगरपालिकाका सूचना अधिकृत निरज पोखरेलले बताए । पोखरेलका अनुसार डस्टविनको माध्यमबाट एकै स्थानमा विविध सुविधाको उपलब्धता हुनेछ ।

नगर प्रमुख राजन मेहताका अनुसार ज्वरो मापनका साथै स्वचालित सेनिटाइजरको व्यवस्था भएको स्मार्ट डस्कविनमा एकैसाथ दुई मोबाइल चार्ज समेत गर्न सकिने छ । मेहताले बताए अनुसार स्मार्ट डस्कविनमा रहेको डिजिटल डिसप्ले मार्फत नगरका सूचना नगरवासीको हकमा सार्वजनिक समेत गरिने छ ।

कार्यालयले दिएको जानकारी अनुसार डस्टविनमा छुट्टाछुट्टै तवरले कुहिने र नकुहिने फोहोर समेत भण्डारन गर्न मिल्ने स्थान रहेको छ । संकलित फोहोर भण्डारण गरिएको डस्कविन भरिएमा त्यस बारेको जानकारी समेत मोबाइलमा उपलब्ध हुने भएकाले व्यवस्थापनमासहज हुने नगरपालिकाको ठहर छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…