इटहरी २ काे कार्यालय र आधारभूत स्वास्थ्य इकाई भवन उद्घाटन

इटहरी / इटहरी उपमहानगरपालिकाकाे वडा नम्वर २ को आफ्नै कार्यालय भवन उद्घाटन भएकाे छ । उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले र उपमेयर लक्ष्मी गौतमले कार्यलय भवन उद्घाटन गरेका हुन् । यो प्रमुख चौधरीकाे कार्यकालमा निर्माण भएको पहिलो वडा कार्यालय भवन हो ।

सव इन्जिनियर खेम कुमार श्रेष्ठका अनुसार दुईतले वडा कार्यालय भवन १ करोड १७ लाख ६० हजारको लागतमा वनेको छ । साथै वडा नम्वर २ मा बनेकाे आधारभूत स्वास्थ्य इकाई भवन पनि उद्घाटन गरिएको छ । ४९ लाख ९७ हजारकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे हो । प्रमुख चौधरीले इटहरी उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा फडको मारेको दावी गरे । उनले समयमै वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सकेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

वडा नम्वर २ का वडाध्यक्ष हर्क मगरले आफ्नै कार्यालय भवन भएकाले जनतालाइ सहज सेवा दिन सकिने बताए । वडा नम्वर २ पारदर्शिताका सम्वन्धमा ऐना वरावर रहेको उनकाे भनाइ रहेकाे थियाे । कार्यक्रममा कार्यपालिका सदस्य गंगाँ गुरुड, स्थानीय फूलराज सुवेदी, जग्गा दाता सुन्दरदेवी मन्दिर काब्य वाटिकाकी अध्यक्ष पुण्यप्रभा गुरागाँई र जसपा वडा नम्वर २ अध्यक्ष दुर्गा गुरुड लगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

mgid

Loading…