इटहरीमा दशैं अगाडि समाजिक सुरक्षा भत्ता वितरण नहुने

इटहरी / इटहरीमा समाजिक सुरक्षा भत्ता वितरण नहुने भएकाे छ । बिगतका बर्षहरूमा दशैँ अगाडि नै वितरण गरिने गरेकाे भए पनि याे बर्ष काेराेना संक्रमणका कारण वितरण राेकिएकाे छ । इटहरी उपमहानगरपालिका शुक्रबार एक सुचना जारी गर्दै दशैं पछाडिमात्र भत्ता वितरण गरिने जानकारी दिएकाे छ ।

सुचनामा भनिएकाे छ “उपमहानगरपालिकाका केहि कर्मचारीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको साथै भत्ता वितरणहने धेरै बैंकहरु पनि बन्द रहेकोले सबै लाभग्राहीहरुको सिस्टममा अपडेट गर्न पनि समय लाग्ने हुदा दशैं अगाडि सामाजिक सुरक्षा भत्ता वितरण गर्न असमर्थ गरेकाे सबै लाभग्राहीहरुमा जानकारी गराइएको छ ।”

नेपालीहरूकाे महानपर्व बडादशैँ, तिहार, छठ धेरैले सामाजिक सुरक्षा भत्ताबाट मनाउने गरेका थिए । काेराेना महामारी आर्थीक अवस्था कमजाेर भएकाे समयमा सरकारबाट पाउने सुबिधा समेत नपाउने भएपछि लाभग्राही चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…