माछा पोखरीमा डुबेका २ नाबालिका छोरी बचाउन खोज्दा आमाको समेत मृत्यु

बेलबारी । मोरङको ग्रामथान ४ मा पोखरीमा डुबेर २ नाबालिका छोरी सहित आमाको मृत्यु भएको छ । आईतबार आफनै माछा पोखरीमा नुहाउने क्रममा ९ र १३ बर्षका छोरीहरु डुबेपछि उनीहरुलाई बचाउने क्रममा आमा सिता अधिकारीको समेत ज्यान गएको छ ।

दिउँसो ४ बजेको समयमा पोखरीमा नुहाउने क्रममा छोरीहरु डुबेको देखेपछि बचाउन गएकी आमा समेत डुबेको स्थानीयले बताएको ईलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिएका छन । ढकालका अनुसार मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि पठाईएको र थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…