अटो रिक्साले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटनामा परी एक पैदल यात्रीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ बस्ने ३६ वर्षीय इसराफिल अली रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ ह ८३८ नंको अटो रिक्साले उनलाई ठक्कर दिएको थियो । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…