मोरङकाे मिक्लाजुङमा ट्याक्टरको ठक्करबाट एक जनाकाे मृत्यु

मोरङ / मोरङकाे मिक्लाजुङमा ट्याक्टरको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । मिक्लाजुङ ४ बस्ने ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हाे । शुक्रबार दिउसो सवाँ २ बजे प्र. नं. १-०१-००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाइ ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । घाईते उनको अरनिको अस्पताल उर्लावारीमा...

क्रेनको डोरी चुडिँदा मजदूरको मृत्यु

दोलखा / दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा आज एक मजदूरको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले भने, “हाइड्रो पावरको...

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

दैलेख / ठाटीकाँध गाउँपालिकामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उहाँका जेठाजु टेकबहादुर शा...

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

रुपन्देही / रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रुको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । उनका अनुसार वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको ना ६ ख ...

स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

रुपन्देही / तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८÷४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति ११ बजेर १५ मिनेट जा...

ढुङ्गा लागेर मजदूरको मृत्यु

दार्चुला / दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो । मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्च...

फोनमा कुरा गर्दैगर्दा छतबाट खसेर युवकको मृत्यु

रुपन्देही / फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । ऋाज बिहान २ः३० बजे आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालक...

भिरबाट लडेर एक जनाको मृत्यु

त्रिशूली / नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार बहिनीको घरमा जाँदै गरेका उनको भिरबाट लडेपछि उद्धार गरेर अस्पताल लैजाँदै ग...

रुखको हाँगा खसेर लाग्दा मृत्यु

दाङ / दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ । बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्र...

पहिरोमा परी एक जनाको मृत्यु

बाजुरा / जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिएका छन् । सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिर...