घरदैलोमै सरकारी सेवाः बल्ल आयो गाउँमा सिंहदरबार

जाजरकोट / शारीरिकरुपमा अशक्त भई सदरमुकामसम्म सरकारी सेवा लिन नपाउनेलाई गाउँमै सरकारी सेवा उपलब्ध गराएको छ । जिल्लाका कुशे गाउँपालिका र छेडागाड नगरपालिकाले गाउँ, गाउँमा शिविर राखेर सरकारी सेवा उपलब्ध गराएको हो । सदरमुकाम आउने रकमका साथै सहयोगी नहुँदा सरकारी सेवाबाट वञ्चित भएकालाई लक्षित गरी गाउँमा सरकारी सेवा उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष ...

नगरप्रमुख नेपालीद्वारा घर पुनःनिर्माणमा सहयोग

बागलुङ / ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका–१ देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गर्नुभएको छ ।उहाँले घर पुनःनिर्माणका लागि नगद रु एक लाख, ५० बोरा सिमेन्ट, जस्तापातासहित निर्माण सामग्री सहयोग गर्नुभएको हो । चार कोठासहितको एकतले घर र शौचालय बनेको अग्निपीडित कुँवरले जानकारी दिनुभयो ...

दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू

तुलसीपुर / विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सातवटा गाउँपालिका रहेका छन्, ति सबै गाउँपालिकामा प्रदेश नं ५ सरकारले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू गरेको हो । गत वर्ष बबई, बङ्गलाचुली र राजपुर गाउँपालिकामा यो कार्यक्रम लागू भएको थि...

अनाथ बालवालिकाले पाए न्यानाे कपडा

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा विराटचाेक स्थित पाथिभरा स्वतन्त्र महिला समाजकाे अायाेजनामा न्यानाे कपडा वितरणकाे कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिर विराटचाेकमा भएको कार्यक्रम साेही मन्दिरका अध्यक्ष कृष्णप्रसाद वास्ताेलाकाे प्रमुख अतिथीमा भएको थियाे । कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रममा रहेका अनाथ बालवालिकाहरु...

लायन्स क्लव सुन्दरदुलारीकाे विभिन्न कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित लायन्स क्लब अफ सुन्दरदुलारीले विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेकाे छ । क्लबले धनकुटा मुलघाट स्थित विश्रान्ति वुद्धा आश्रममा रहेका ४३ जना जेष्ठ नागरिकहरुलाई भोजन गराएको क्लबका अध्यक्ष नागेश पोखरेलले बताए । त्यस्तै मोरगंको सुन्दरहरैँचा ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा शारिरिक अशक्त विद्या...

सुन्दरहरैंचामा अधिकार सम्बन्धी कानुनी परामर्श , उत्कृष्ठ नेतृत्व गर्ने महिलाहरुलाई सम्मान

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिला अधिकार सम्बन्धी कानुनी परामर्श कार्यक्रम परोपकार महिला समूहको आयोजनामा सम्पन्न भएको छ । कोसीहरैंचा उवासको सभाहलमा २ दिन सम्म संचालन भएको कार्यक्रमकाे नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियाे । कार्यक्रममा प्रमुख अतिथी ढकालले न्याय ...

धरान उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

धरान / आसन्न म्सिर १४ गते धरानमा हुने मेयर तथा वडाअध्यक्षको पदका लागी हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदान केन्द्र बनाउने काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले मतदानको लागी खटिने कर्मचारीलाई सम्पूर्ण तालिम दिएर मतदान केन्...

चैनपुर नगरपालिका–२ का वडाअध्यक्ष काजी शेर्पाको निधन

संखुवासभा र चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ। नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो। क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिना अघिदेखि उपचार गराइरहेका थिए। २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए। उनी तत्कालिन नेकपा एमालेब...

धरान उपनिर्वाचनका लागि सशस्त्र र जनपथ गरी १२५५ प्रहरी परिचालन हुने

धरान / धरान उपमहानगरपालिका प्रमुख र वडा नंं ७ को वडाअध्यक्षको लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि १२ सय ५५ सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्र तथा स्थल सुरक्षाका लागि तीन तहमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । पहिलो सुरक्षा घेरामा ७ सय ९० जनपथ प्रहरी, दोश्रो घेरामा २ सय ६५ जना सशस्त्र प्रहर...

बृद्धाद्वारा २५ लाखको जग्गा दान

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले रु २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गर्नुभएको हो । जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क हाल...