पत्रकार गुरुङ सम्मानित

काठमान्डाैं / पत्रकार तथा सामाजिक अभियन्ता नवीन गुरुङ काठमाडौंमा तमू पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनी लोकल खबरका सम्पादक तथा सोल्टी टिभी डट कमका प्रवन्धक निर्देशक हुन् । हाल सोल्टी टिभी युट्यूब च्यानलका युट्यबर समेत रहेका गुरुङ चलचित्र निर्देशक तथा कलाकार समेत हुन् । तमू गुरुङ सञ्चारकर्मी संघ नेपालले हरेक वर्ष तमु (गुरुङ) समुदायको...

युवा समाजसेवी राम निरौलाको टिम द्वारा माया घरलाई खाद्यान्न प्रदान

इटहरी / सोसियल रिकन्ड्रक्सन फाउन्डेसनले इटहरी २ मा रहेको माया घर नेपाललाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । विपन्न मानिसको सहारा बनेर सेवा गर्दै आएको माया घरलाई स्थानीय युवा राम निरौलाको नेतृत्वमा रहेको फाउन्डेसनले खाद्यान्न प्रदान गरेको हो । गत मङ्सिर २६ गते इटहरीमा आयोजना गरिएको म्युजिक फेस्टिभलबाट सङ्कलित रकमले असाहायलाइ सहयोग गरिएको सोसियल रि...

साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका

काठमाडौँ / काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उहाँ...

साकेला गाउँपालिकामा कृषि मेला प्रदर्शनी

खोटाङ / साकेला गाउँपालिकामा कृषि मेला प्रदर्शनी शुरु भएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका कृषकलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा दुईदिने कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभञ्ज्याङमा सञ्चालन गरिएको ‘प्रथम कृषि मेला प्रदर्शनी’मा विभिन्न प्रकारका ११ कक्ष रा...

निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा

वालिङ / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ ।‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो व...

इटहरी ७ का बालबालिकालाई क्षमता विकास तालिम

इटहरी / इटहरी वडा नं. ७ का बालबालिकाको लागि सञ्चालन गरिएको पाँच दिने बालक्लबका पदाधिकारीको क्षमता विकास तालिम सम्पन्न गरिएको छ । वडा कार्यालयको सहयोग र नेप्ली मिडिया प्रालिको आयोजनामा गरिएको तालिममा ५५ जना बालबालिकाको सहभागिता रहेको थियो । पाँच दिन चलेको तालिममा नेप्ली मिडिया प्रालिका निर्देशक तथा पत्रकार हिमाल दाहाल, कलालय इटहरीका सोनु जयन्ती, पत...

मकालु गाउापालिका : दुर्गमका ५२ परिवारलाई निशुल्क सोलार

संखुवासभा / संखुवासभाको मकालु गाउँपलिका ४ का ५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको छ। मकालु ४ को सेलसेले सामुदायक वन उपभोक्ता समितीका ५२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको हो । कोशी टप्पु टु कन्चनजंगा संरक्षण (केटिके बेल्ट) को आर्थिक सहयोगमा ५२ परिवारलाई वितरण गरेको मकालु गाउँपालिका उपप्रमुख चमेली राईले जानकारी दिइन् । वातारवरण संरक्षण गर...

इटहरीमा दशनामिकाे रक्तदान : ५३ प्रिण्ट रगत संकलन

इटहरी / नेपाल दशनामि समाज नगर कार्य समिति इटहरी र प्रदेश युवा समितिको सयुक्त आयोजमा शनिबार सुनसरीकाे इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । इटहरीस्थित बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , दशनामि समाजका प्रतिनिधि ,प्रदेश युवा समितिका सदस्यहरू तथ सामाजिक कार्यकर्ताहरूले रक्तदान गरेका थिए । उक्त कार्यक्रमबाट ५३ प्रिण्ट रगत संकलन भएको आयोजक...

नेकपाले सुरु गर्यो बेलबारीमा सरसफाई

बेलबारी / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगरकमिटि बेलबारीले पौष ५ गते शनिबार देखी सार्वजनिक स्थल सरसफाई गर्न थालेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर सरसफाई गर्न थालिएको पार्टीले जनाएको छ । सार्वजनिक स्थलमा प्रत्येक महिना दुई घण्टा सरसफाई गर्ने गरी शनिवार बेलबारीको कृषि बजारको सरसफाई गरेको छ । श्रमसँग पार्टी नाम दिएर नै नगरकमिटिले सरसफाई अभियान...

तरहरा जेसिजको नयाँ कार्यसमिति चयन

इटहरी / तरहरा जेसिजको अध्यक्षमा सुनिल तिम्सिना निर्वाचित भएका छन् । शुक्रबार तरहरा जेसिजको २२ औँ अधिबेशनले तिम्सिनालाई तरहरा जेसिज बर्ष २०२० का लागि निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा सन्तोष कटवाल र बहादुर तामाङ रहेका छन् भने उपाध्यक्षमा विवेक विवश रेग्मी, निशाल खुलाल, प्रेम चौधरी र ओम खड्का निर्वाचित भएका छन् । त्यस...