दिक्तेल रुपाकोट मझुवागढी आफ्नै भवनमा

खोटाङ / भाडाको घरमा सञ्चालन हुँदै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएका चार तला भएको १९ कोठे सुविधासम्पन्न प्रशासनिक भवनमा नगरपालिकाले बिहीबारदेखि दैनिक कामकाज शुरु गरेको हो । तत्कालीन जिल्ला प्राविधिक कार...

सबै वडा, एकै बजेट : उस्तै भवन

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक वडामा एकै किसिमका वडा कार्यालय भवन निर्माण शुरुआत गरेको छ । हालसम्म साविकको गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हुँदैआएको थियो । ती वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ मा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान शुरु गरेको हो । वडा नं १३ नूनथलाको...

चन्द्रागिरिमा ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान सुरु

काठमाडौं / चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई अगामी दिनमा कसरी सार्थक र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहि...

इनरुवामा नगरको प्रतिक चिन्ह ईनार बनाइदै

इनरुवा / इनरुवाको मूख्य बजार रहेको स्थानमा ईनार बन्ने भएको छ । लोकतान्त्रिक चोकको बिच भागमा नगरको पहिचानका रुपमा प्रतिक चिन्ह ईनार बनाउन लागिएको हो । उक्त संरचना निर्माणको लागि आज शिलान्यास गरिएको छ । नगर प्रमुख राजन मेहताले प्रतिक चिन्ह ईनारको शिलान्यास गरेका हुन् । उपभोक्ता समिति मार्फत निर्माण गराउन लागिएको ईनारको लागत १५ लाख रहेको बताइएको छ ...

मुख्यमन्त्रीद्धारा भोजपुर –टक्सार विमान स्थल सडक उद्घाटन

भोजपुर / भोजपुर सदरमुकामदेखि टक्सार बिमान स्थलसम्मको कालोपत्रे सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । मुख्यमन्त्री राईले आइतबार एक कार्यक्रमका बीच सडकको उद्घाटन गरेका हुन् ।जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा सडक कालोपत्रे गरिएको हो । रायामाझी–जगदम्बा–मार्सेली...

लेटाङ नगरपालीकाको गौरवको योजना भुवाखोला पुल सिलन्यास

पथरी / मोरङको लेटाङ नगरपालीकाको गौरवको योजनामा रहेको भुवाखोला पक्किपुलको आज सिलन्यास भएको छ । वडा नं. ६ र ७ लाई जोड्ने पुल बन्दा पहाडी भेगका धेरै पालिकाहरुले खोलाका कारण बर्खायाममा नगर संग जोडिन समस्या रहेका कारण नगरवासीले दुख पाउदै आएका छन् । पुल ५ करोड ५१ लाख ८ सय ८६ लागतमा एपेक्स जोशी जेभि कम्पनीले २ बर्ष भित्र निमार्ण सम्पन्न गर्ने जिम्मा लि...

बत्ती बलेको तीन दिनपछि अज्ञात समूहद्धारा तोडफोड

सिमकोट / हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ३ को राया गाउँमा तीन दिन अगाडि यही कात्तिक १४ गते उद्घाटन गरिएको विद्युत् अज्ञात समूहले तोडफोड गरेका छन् । राया खोला जलविद्युत्को पावर हाउसको झ्याल, विद्युत् सप्लायर्सका तारलगायतका सामग्री अज्ञात समूहले आइतबार राती तोडफोड गरेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर श...

इटहरीका सवै वडामा स्वास्थ्य केन्द्र

इटहरी / इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पूरयाउन सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो अभियान अन्र्तगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्यास गरे । कार्यक्रम...

स्थानीयवासीको शतप्रतिशत लगानीमा बन्यो सडक

कास्की / पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की÷मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष ...

जिल्लासभाद्वारा हलेसीको गुरुयोजना कार्यान्वयनलाई प्राथमिकता

खोटाङ / जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति खोटाङको सोमबार सम्पन्न चौथो जिल्लासभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गरेकाे प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो । जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्र...