मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

कैलाली / मोटरसाइकल दुर्घटनामा परी एक युवकको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– ६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु ...

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

धनुषा / ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको ब...

बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धादिङ / बेनीघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ०–३–०–१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ः०० बजे एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटर...

भीरबाट लडेर वडा सदस्यको मृत्यु

खोटाङ / भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । धामीझाँक्रीको...

बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुली / सिन्धुलीको तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो आज दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य पाँच घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा ...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

डडेल्धुरा / डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेक...

सडकका विषयमा छलफल हुँदा झडप, वडाध्यक्ष गम्भीर घाइते

हुम्ला / हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको स...

सवारी दुर्घटना २ जनाको मृत्यु

इटहरी / सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजे सुसनरीको इटहरी उप-महानगरपालिका-२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको ...

नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ / प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई आज बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा / हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नंको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना३क ८३३३ नंको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ नि...