बहुविवाहका अभियुक्त ६ वर्षपछि पक्राउ

लमजुङ / जिल्ला प्रहरी कार्यालय लमजुङले अदालतले कैद फैसला सुनाएको एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साबिक रम्घा गाविस-८ हाल मध्यनेपाल नगरपालिका-४ का ३२ वर्षीय रवीन्द्र ढकाललाई ६ वर्षपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीको विशेष टोलीले हेटौंडामा लुकीछिपी बसेको भन्ने ग...

नवजात शिशुको शव फेला

बागलुङ / बागलुङको ढोरपाटन नगरपालिकामा–८ नौघर टोलमा एक नवजात शिशुको शव फेला परेको छ । लिङ्ग पहिचान नभएको नवजात शिशु मृत अवस्थामा फेला परेको हो । प्रहरीले शव नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ्गमा राखेको छ । ‘शव पहिचानमा कठिन छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी इकवाल हवारीले भने, ‘अनुसन्धानमा छौँ, केही भन्ने सक्ने अ...

सुन्दरहरैंचामा बाढीले बगाउँदा बेपत्ता भएका दुई पुरुषकाे खाेजी कार्य जारी

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ४ स्थित पूर्व पश्चिम लोकमार्गकाे सडक खण्डमा अबिरल बर्षाका कारण अन्दाजी ४३ बर्षका जीवन पराजुली बेपत्ता भएका छन् । दुलारीचाेक देखी पश्चिम तर्फ रहेको तेलिया खाेलाकाे पुलमा अभिरल वर्षाका कारण सडक खण्ड नै धसिएर खाल्डो पर्दा सफारी चालक पराजुली बेपत्ता भएका हुन् । सुन्दरहरैंचा ७ निवासी पराजुली मंगलबार बेलुका करिव ७:...

जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे

डडेल्धुरा / डडेल्धुरामा जुवाखालबाट एक जना वडाअध्यक्षसहित २२ जना पक्राउ परेका थिए । ३ कात्तिक बुधबार राति प्रहरीले जुवाखालबाट अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्टसहित २२ जनालाई पक्राउ गरेको थियो । अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डडेल्धुरा प्रहरीले जनाएको छ। ओझाको घरमा जुवाता...

रुखबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ / ताप्लेजुङमा रुखबाट लडेर एक जनाको मृत्यु भएकाे छ । पाथिभरा याङवरक गाऊपालिका २ ओलक गाउ का ७५ बर्षीय भिम बहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको हाे । हिजो बेलुका ४ बजे घर नजिकै रहेको कटमेरोको रुखमा चढि घाँस झार्ने क्रममा अचानक रुखबाट लडि उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी थेचम्बु र जिल्ला प्रहरी कार्य...

गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते

बैतडी / बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १४ की २० वर्षीया विमला भट्ट रहेकी छन् । घाइते भट्टको टाउकोमा चोट लागेको छ । उनको खोड्पे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ । बैतडीबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख ९६७२ नम्बरको बसमा पाटन नगरपालिका-...

सुर्खेतमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत

सुर्खेत / सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय भानु कँडेललगायत १५ जना छन् । प्रहरी चौकी मेहलकुना र अस्थायी प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद द...

ट्रकको ठक्करबाट सहचालकको मृत्यु

ईलाम / ईलाममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको हाे । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ...

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही / सर्लाहीको गोडैतामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । मंगलवार गोडैता नगरपालिका–२, स्थित सिमरा भगवतीपुरमा ट्याक्टरको ठक्करबाट विपरित दिशाबाट आउँदै गरेको बिआर ०७ भि ५३१६ भारतीय नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६, बग्दहका २३ वर्षका रुपेश बैठाको मृत्यु भएकाे जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद ब...

ट्याक्टर र मोटरसाइकल ठोक्किदा रतुवामाईका युवाको मृत्यु

विराटनगर / मोरङको रतुवामाई नगरपालिका–८ मा सोमबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ४४८७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल राति ८ बजेतिर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रत...