वृद्धृवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता

दैलेख / नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । जिल्लामा ...

धनगढीको वडा कार्यालयमा आगजनी

धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खा...

गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

बैतडी / बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं. ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो । समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा...

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

झापा / जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा सम्लग्न भएको भन्दै पाँच जनाको नाम सार्बजनिक गरिरहँदा जनप्रतिनिधिको नाममा भने पक्राउ पुर्जी जारी भएको छ । गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका – ८ का वडा अध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका – ९ का वडा अध्यक्ष सनिलाल राजवं...

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा पक्राउ

कास्की / गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए । कार्यालय तोडफोडमा सं...

गत वर्षकै योजनाको रकम भुक्तानी नहुँदा समस्या

दार्चुला / शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा निर्माण गरेका योजनाको रकम भुक्तानी नगर्दा उपभोक्ता र मजदूर समस्यामा परेका छन् । काम गरेवापत बजेट भुक्तानी नगर्दा उपभोक्ता समितिले काम गर्ने मजदूरलाई ज्याला दिन सकेका छैनन् । जसका कारण अहिले स्थानीयवासी आक्रोशित बनेका छन् । नगरपालिकाको वडा नं ८ का जयदेव जोशी गत आर्थिक वर्षमा मसाना पानी मूल ...

बालदिवसमा सहयोग नगर्ने मेयरलाई ५ रुपैयाँ पुरस्कार

राजविराज / मुलुकभर आईतबार विविध कार्यक्रमको आयोजना गरी बाल दिवस मनाई रहँदा राजविराज नगरपालिकाका बालबालिकाले भने नगरपालिकाले बजेट नदिएको तथा कुनै कार्यक्रम नगरेको भन्दै ¥याली सहित नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय बालदिवस मनाउनका लागि नगरपालिकाले बजेट नछुटयाएपछि उनीहरुले नगरपालिका विरुद्घ चर्को नारावाजी गर्नुका साथै नगर प्रमुख...

लुम्बिनीमा मङ्सिर १ गते देखि न्यूज फेस्टिभल हुने

लुम्बिनी / लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बता...

वडा कार्यालय र प्रवक्ताको गाडी आगजनी

भीमदत्तनगर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्...

फाराम भरेको दुई वर्ष बित्दासमेत पाइएन धारा

दाङ / दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ धारा जडानका लागि आवेदन खुला गरेको थियो ...