सबै वडा, एकै बजेट : उस्तै भवन

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक वडामा एकै किसिमका वडा कार्यालय भवन निर्माण शुरुआत गरेको छ । हालसम्म साविकको गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हुँदैआएको थियो । ती वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ मा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान शुरु गरेको हो । वडा नं १३ नूनथलाको...

विपद्मा परेका परिवारलाई फिदिम नगरपालिकाद्धारा राहात वितरण

पाँचथर / पाँचथरको फिदिम नगरपालिकाले वाढि पहिरो बाट क्षति पुगेका घर परिवारलाई राहात वितरण गरिरहेकाे छ । यसैक्रममा पूर्ण रुपमा क्षति भएका ३८ परिवार र आंशिक रुपमा क्षति भएका २७ परिवारलाई राहात वितरण गरिएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले बताए । नगरको कार्यपालिका वैठक बाट निर्णय गरेर ती परिवारलाई राहात वितरण गरिएको उनले बताए । घर पूर्ण रु...

त्रियुगा नगरपालिकाले व्यवसायिक कृषककालागि विना धितो ऋण उपलब्ध गराउने

उदयपुर / व्यवसायिक कृषकलाई बैंकसँग सहकार्य गरेर विना धितो ५० लाख सम्मको ऋण उपलब्ध गराउन नगरपालिका जमानी बस्न तयार रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । स्विस सरकारको आर्थिक सहयोग हेल्वेटास नेपालको प्राविधिक सहयोगमा संचालित प्रयासको परियोजनामा त्रियुगा नगरपालिका कृषि शाखामार्फत विदेशबाट फर्किएका युवाहरुलाई कृषि सामग्री वितरण कार्यक्रम...

गढीमा गाउँपालिकामा प्लाज्मा संकलन

इनरुवा / गढी गाउँपालिकामा रक्तदान सँगै प्लाज्मा संकलन थालिएको छ । गाउँपालिकाको कार्यालयले संक्रमण पुष्टि भई निको भएका मध्ये इच्छुक व्यक्तिहरुबाट प्लाज्मा संकलन थालेको हो । कोरोनाको बढ्दो संक्रमण सँगै समुदायमा संक्रमित संख्या थपिदै जाँदा उपचारमा सहजता दिलाउन प्लाज्मा संकलन थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । लायन्स क्लब अफ बिराटनग...

बेलबारी लायन्स र बेलबारी जेसिज सामु पत्रकार समुह निरिह

बेलबारी । बेलबारी जेसिजको आयोजनामा आईतबार भएको मैत्रिपुर्ण फुटबल खेलमा लायन्स क्लब अफ बेलबारी बिजयी भएको छ । बेलबारी लायन्स,बेलबारी जेसिज र पत्रकार समुहबिच भएको खेलमा लायन्सले बेलबारी पत्रकार समुहलाई शुन्यका बिरुद्ध ३ गोल गरेको थियो । त्यसपछि बेलबारी जेसिजलाई समेत लायन्सले १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको थियो । बेलबारी ३ स्थित टुक्रे खेल मैद...

इटहरीमा वजार अनुगमन तिव्र, म्याद गुज्रिएका समाग्री वेच्ने पसल शिल

इटहरी / इटहरी उपमहानगरद्धारा खनार वजारकाे अनुगमन गरेकाे छ । अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको हाे । अनुगमनका क्रममा एउटा पसलमा शिल गरिएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ । चार वटा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएको छ...

पथरीशनिश्चरेमा कर कार्यालय

पथरी / मोरङको पथरीशनिश्चरेमा बुधबारबाट आन्तरिक राजस्व कार्यलय विराटनगरको कर संकलन सेवा सुरु भएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै आन्तरिक राजस्व बिभाग अन्तरगतको आन्तरिक राजस्व कार्यलय विराटनगरले करदाता सेवा सुरु गरेको हो । असोज २८ गते बुधबारका दिन पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा अनौपचारीक उद्घाटन कार्यक्र...

सुन्दरहरैंचाका १ सय १८ कृषकलाई ताेरीकाे बीउ वितरण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित कृषि शाखाकाे सहजिकरणमा बुधबार कृषकहरुलाई १ हजार २ सय के.जि तोरीको बिउ बितरण गरिएको छ । विभिन्न वडाका १ सय १८ कृषकहरुलाई उक्त ताेरीकाे बिउ वितरण गरिएको हो । नगरमा रहेका १२ वटा वडाका कृषकको मागलाई मध्यनजर गर्दै कृषि शाखाले तोरीको बिउको माग आवाह्नन गरेको थियो । सूचनाको अवधिमा १ हजार २ सय के.जि अर...

इटहरी उपमहानगरद्धारा संस्थागत विद्यालय शुल्क निर्धारण सर्वेक्षण सुरू, अनलाइन फारम भर्न आग्रह

इटहरी/ निजी विद्यालयहरुले शुल्क उठाउन आन्तरिक सर्कुलर गर्दै अभिभावकलाई ताकेता गरिरहेकाे बेला इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण सुरू गरेकाे जनाएकाे छ । एक हप्तासम्म चल्ने सर्वेमा अविभावकलाई अनलाइन सर्वे फारम भर्न उपमहानगरले आग्रह गरेको छ । फारममा आफना छोराछोरी पढने विद्यालय,कक्षा र कति शूल्क तिर्न चाहनुह...

इटहरीका सवै वडामा स्वास्थ्य केन्द्र

इटहरी / इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पूरयाउन सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो अभियान अन्र्तगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्यास गरे । कार्यक्रम...