बाह्रबिसे नगरपालिकाले सुत्केरीलाई एम्बुलेन्स भाडा दिने

सिन्धुपाल्चोक / मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो । नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावा...

नगरपालिकामा ओजेटी गर्दै गरेकी किशोरीमाथी बलात्कार आरोपमा इञ्जिनीयर पक्राउ

बैतडी / बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोर...

महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित

महोत्तरी / महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो । अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुन् बाँकी छ । ...

बेलबारीमा शिक्षा सुधारका लागि सिल्भर भोलेन्टियर

बेलबारी । बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाउने २४ जना शिक्षक तथा बिद्यालयका कर्मचारीहरुलाई सम्मान गरेको छ । ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको जनाईएको छ । यसै...

त्रियुगामा नगर देखि घरघरसम्म लागु औषध विरुद्धको अभियान

उदयपुर / त्रियुगा नगरपालिकाले लागु औषध विरुद्धको तीन महिने अभियान सुरुको घोषणा गरेको छ । त्रियुगा नगरपालिकाको “अपराध रहित समाज निर्माणका लागि, नगदेखि घर–घर” भन्ने मुल नाराको साथ शुक्रबार अभियानको घोषणा भएको हो । त्रियुगा नगरपालिका र समुदाय प्रहरी साझेदारीको आयोजना तथा नागरिक समाज, पत्रकार, गैसस महासंघ, त्रियुगा उद्योग बाणिज्य संघ र म अघि बढ्छु सगमा...

नगरपालिकाद्वारा गाई–गोरुको उपचार

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याई सुर्खेतमा बेवारिसे छोडिएका घाइते गाई–गोरुको वीरेन्द्रनगर नगरपालिकाले उपचार गरेको छ । नगरपालिकाका वातावरण तथा विपद् न्यूनिकरण उपशाखाका प्रमुख यामलाल गिरीका अनुसार नगरपालिकाले ४२ घाईते गाई–गोरुको उपचार गरेको हो । ति मध्ये दुई गाई–गोरुको उपचारका क्रममा मृत्यु भएको छ । उपचारमा पशु सेवा उपशाखाले सहयोग गरेको ...

पथरीमा जंगली हात्ती आतंक,आधा दर्जन बढी घरमा क्षति

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा स्थित जिरिखिम्ती टोलमा बुधबार राती जंगली हात्तीले आधा दर्जन बढी घरमा क्षति पुर्याएको छ । स्थानीय योगमाया घिमिरेको घरको भित्ता हात्तीले भत्काएको छ । यस्तै खडानन्द खतिवडाको घर दिवाल भत्काएर ठुलो क्षति पुर्याएको छ । त्यसैगरी पुष्प दर्जी, इन्द्रबहादुर कार्की, चन्द्रमाया दियाली र नरबहादु...

‘बेटी पढाऊ, बेटी वचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

गौशाला । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए । छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए । ...

हजमा बोरिङ मेसिन भेटिएपछि पानी उत्पादन र बिक्रीमा रोक

विराटनगर / विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेप्mटी टयाङ्गकी (हज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ मेसिन राखेको फेला परेपछि तत्काल उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । हज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो अनुगमनको ...

सुन्दरहरैचा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७७ लाख

सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिकाको चौथो नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ । उक्त पारित भएको बजेटको योजनाहरु उपप्रमुख धनमाया तामाङले प्रस्तुत गरेकी थिइन । यस वर्ष सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनि...