धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान / विद्यालय स्तरबाटै चित्रकलाका विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिका अन्तर्गतको प्रज्ञा प्रतिष्ठानले चित्रकला मेला ०७६ को आयोजना गरेको छ । धरान ८ सभागृहमा भएको कार्यक्रमको उद्घाटनमा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले क्यानवासमा चित्र कोरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपश्चात प्रदेश नं. १ मा रहे...

निरन्तर बर्षाका कारण जलमग्न राजविराज

राजविराज / मंगलबार विहानै देखि परेको अबिरल वर्षाका कारण राजविराजका साथै ग्रामिण क्षेत्रका अधिकांश गाउँबजार जलमग्न बनेको छ । बर्षाको पानीले राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोड लगायतका क्षेत्र जलमग्न बनाएको हो । नगरका मुख्य बजार क्षेत्रमा बर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । पहिले नालातिर पानी हुन्थ...

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

अछाम / रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । उहाँ गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आउनुभएको थियो । अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक ...

भारतमा नेपाली युवकको मृत्यु

बैतडी / रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् । काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो । मृत...

गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल...

पोखरामा दुईको मृत्यु

पोखरा / पोखरा महानगरपालिका–१ स्थित पर्यटकीयस्थल केआईसिं पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ । पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार उद्यानमा अचानक लडेर बेहोस भएका उनलाई आफन्तको सहायताले उपचारका ला...

बाढीले विद्युत् पाइपसँगै पुल बगाएपछि समस्या

सोलुखुम्बु : जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका २ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ। बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प बनेको हो। पर्यटकीय सिजनसमेत भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्यरुपमा आवतजात सुचारु गरेका छन्। तर खच्चड र घोडाको...

मादी नगरपालिकामा ८७ वटा घर पुन निर्माण सम्पन्न

संखुवासभा / २०७२ वैशाख१२ काे भुकम्पले क्षति पुर्याएका घरहरु मध्ये नगरपालिका मा ८७ वटा निजि अावासहरु निरमाण सम्पन्न भईसकेकाे छ। भुकम्प लगत्तै अनुगमन वाट सिफारिस भई २३२ वटा घरपुन निर्नमाण गर्न छनाैट भएकाेमा पहिलाेपटकमा १५५ घर निरमाणकाेलागि राताे किताब प्राप्त गरि सम्झाैता गरिएकाे थियाे। सम्झाैता पश्चात् १५१ जानाले पहिलाे किस्ता नगद रु ५०,०००/- लिएका ...

जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा

बागलुङ / आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी ९नेकपा०ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको...

न्यायिक समितिमा न्यून उजुरी

रूकुम / जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरिए पनि न्यून उजुरी पर्ने गरेका छन् । अझै पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहेको पाइएको छ । नगरपालिकामा नगर उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील छन् । स्थानीय...