१ हजार रुपैयाँले घट्याे सुनको भाउ

काठमाडाैं / नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ।  बिहीबार  सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएकाे थियाे । बिहीबार तेजाबी सुन प्रतिताेला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

 

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो। 

तपाईको प्रतिक्रिया