गुराँस लाइफ इन्स्योरेन्स इटहरीद्वारा बीमा रकम हस्तान्तरण

इटहरी । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले दमक १ स्थायी ठेगाना भएकी इटहरी ५ मा  बसाेबास गरिरहेकी सुमित्रा तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । गतबर्ष धरान स्थित कान्तिपुर हाेटेलमा मृत फेला परेकी सुमित्रा तामाङ्गकाे  परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु. २८ लाख ६० हजार रूपैँया दाबी भुक्तानी गरेको हो । उक्त रकम इन्स्योरेन्स कम्पनीको इटहरी शाखा प्रमुख कल्पना गुरुङ तथा पूर्वाञ्चल प्रमुख गिरधर श्रेष्ठले संयुक्त रूपमा सुमित्रा तामाङको परिवारलाई  हस्तान्तरण गरिएकाे थियाे ।

बिमितले २०७८ साल साउनमा बिमा गरेर प्रथम किस्ता बापत ७१ हजार ३ सय ३१ रूपैया किस्ता बापत तिरेकी थिइन् । मृतकका परिवारले बिमा साँच्चिकै आर्थिक सुरक्षा दिने छाता रहेको प्रत्याभूति भएको बताइन् ।

तपाईको प्रतिक्रिया