इटहरी अम्बे सहकारीमा बचतकर्ताहरूकाे रकम उच्च जोखिममा

इटहरी । उदयपुर स्थायी ठेगाना भएकी इटहरीकी १९ कि एक महिलाले घर बिदामा जानै लाग्दा जम्मा गरेको रकम निकाल्न खोज्दा सहकारीले एकै पटकमा दिन नसक्ने बताउँदै २ पटक गरेर रकम निकालिन । उनले इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थामा रु ४२ हजार जम्मा गरेकी थिइन ।

 उनले रु ४२ हजारको चेक लिएर अम्बे पुग्दा सहकारीले यत्रो पैसा एकैसाथ दिन नसक्ने बताउँदै उनलाई फिर्ता पठाएको थियो । उनले सुरुमा २० हजार र त्यसको ३ दिनपछि २२ हजार गरेर अाफ्नाे पुरा पैसा निकालेकाे बताइन अहिले सो सहकारीमा कार्कीले खाता बन्द गरेकी छिन् । त्यस्तै इटहरीकै अर्की महिलाले पनि सोही सहकारीबाट रु १७ हजार निकाल्न २ दिन लागेको बताउँछिन् । २२ हजार रकम जम्मा भयकोमा उनले १७ हजार मात्रै निकाल्न खोजेको तर त्यो पनि २ दिन गरेर निकालेको सुनाइन् ।

सुनसरीको इटहरीमा पछिल्लो समय सहकारीभित्रका एक पछि अर्को बेथितिहरू बाहिरिन थालेका छन् । अनेकाै चुनौती र बेथितिबाट गुज्रिदै आएको सहकारीहरूमा निक्षेपकर्ताहरूकाे लगानी थप जोखिममा पर्न थालेको छ । नियम र कानुनको परिधि भन्दा बाहिर गएर ऋण लगानी गर्दा इटहरीमा ठुला सहकारीहरू घरासयि हुन पुगेका हुन । 

सहकारी एेन र क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्दा इटहरीमा ९ वटा भन्दा बढी सहकारी संस्थाहरू बन्द भइसकेका छन् । कुनै समय सामाजिक काममा पनि सकृिय देखिएको अम्बे बचत तथा ऋण सहकारी संस्था अहिले टाट पल्टिने अवस्थामा पुगेकाे छ । बचतकर्ताहरूले सजिलै रकम पाइरहेका छैनन् । डेढ वर्ष अगाडी कोसी बचत तथा ऋण सहकारीलाई पनि समावेश गराएर अम्बे कोसी बनेको उक्त सहकारी अहिले बेतितीहरूको सामना गर्न बाध्य बनेको छ । बचत गर्न आउनेको सङ्ख्या दैनिक घट्नु र निकाल्न आउनेहरूको सङ्ख्या दुई गुणा बढेपछि सहकारी थलापरेकाे हाे । जम्मा गरेको रकम निकाल्न आउने सेवाग्राहीहरूलाई क्रमबद्ध लाइनमा राखेर केही रकम दिने गरेको बचतकर्ताहरू बताउँछन् । सहकारीले रु १५ हजार भन्दा बढी रकम हुनेहरूलाई ३ हजारको दरले रकम दिने गरेको छ । भाका नाघी सकेकाहरूलाई पनि सहकारीले रकम दिन आनाकानी गर्न थालेपछि बचतकर्ताहरूको थप लगानी उच्च जोखिममा पर्ने देखिएको छ । 

दैनिक रूपमा बजारबाट समेत कलेक्सन उठ्न छोडेपछि अम्बे कोसी पछिल्लो ४ महिना यता टाट पल्टिएको अवस्थामा पुगेको हाे । सञ्चालक समितिभित्रको मनोमानी र अवैध रूपमा गरेको जोखिम युक्त ऋणकै कारण अम्बे टाट पल्टिन पुगेको सहकारी भित्रकै कर्मचारी स्रोत बताउँछ । कर्मचारी भित्रका नातेदार र सञ्चालक समितीभित्रै ऋणको कारोबार गर्दा अहिले सहकारी टाट पल्टिएको स्रोतको भनाइ छ । सहकारी टाट पल्टिएपछि अहिले दैनिक बचत गर्न आउनेहरूको सङ्ख्या घटेको र रकम निकाल्न आउनेहरूको सङ्ख्या बढेको पाइएको छ ।

बचतकर्ताहरूले दुख गरेर जम्मा गरेको रकम सहकारीले सजिलै नदिएपछि कानुनी उपचार तर्फ जाने या तालाबन्दी गर्ने तयारी थालेका छन् । इटहरी कै एक व्यवसायीले एक वर्ष यता १ लाख रकम जम्मा गरेको तर पैसा निकाल्न जाँदा तत्काल छैन भनेर पठाएको बताउँछन् । अाफुले दुख्ख गरेर जम्मा गरेकाे पैसा अहिलाे अापत पर्दा समेत निकाल्न नपाएकाेमा सहकारी प्रति बिश्वास नरहेकाे बताए ।

यता अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगरसँग सम्पर्क गर्दा उनले सहकारीमा समस्या देखिएको स्विकारे । उनले बचतकर्ताहरूको कुनै पनि रकम बाँकि नराखी बिस्तारै फिर्ता गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे । बचत गर्नेहरूको सङ्ख्या घट्नु र रकम निकाल्नेहरूको सङ्ख्या तिन गुणाले बढेपछि सहकारीमा आर्थिक तरलता देखिएको तर यो लामो समय नरहने चाडै हल हुने अध्यक्ष मगरले बताए ।

तपाईको प्रतिक्रिया