माघ १९ बाट विराटनगरमा सिएनआई कोशी एक्स्पो हुने

इटहरी / माघ १९ बाट विराटनगरमा सिएनआई कोशी एक्स्पो हुने भएकाे छ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को आयोजनामा सिएनआई काेशी एक्स्पो २०२३ हुने भएको हाे । अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी मेलाको रूपमा आयोजना गरिएको एक्स्पो माघ १९ गतेबाट सुरु हुने भएको हो ।

विराटनगर महानगरपालिका-२ शङ्करपुर मार्गमा आयोजना हुन लागेको साे एक्स्पाेमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी मेलाको रूपमा आयोजना गर्न लागिएकाे आयोजक नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

प्रदर्शनीमा भारत, चिन, पाकिस्तान र बङ्गलादेशका उद्योगी व्यवसायीको उपस्थिति हुने आयोजकले जनाएको छ । विदेशी लगानीकर्तालाई निमन्त्रणा गरेर नेपालमा लगानीका क्षेत्रबारे जानकारी गराउन लागिएको परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोले नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित पनि गर्ने सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए। उनका अनुसार एक्स्पोमा प्रदेश नं. १ का १४ जिल्लासँगै वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायतका प्रमुख औद्योगिक क्षेत्रका उद्योगहरुले एक्स्पोमा सहभागीता रहने सिएनआई कोशी एक्स्पोका ुंयाेजक राजेन्द्र राठीले बताए ।

९ दिन सम्म चल्ने प्रदर्शनीमा उपभोक्ताहरूमा नयाँ प्रविधिको ज्ञान र आर्थिक विकाशका नयाँ अवसरको बारेमा जानकारी रहने जनाइएकाे छ । एक्स्पोमा जातीय संस्कृत झल्किने झाँकी प्रदर्शनी गरिने कार्यक्रममा मोरङको भक्का देखि जुम्लाको भिर मौरीको मह, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा र भोजपुरको खुकुरीको प्रदर्शनी गरिने भएको छ । एक्स्पोमा ३५० स्टलहरू रहने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया