पथरी / मोरङ पथरी शनिश्चरे ८ का टंक बहादुर बस्नेतको परिवारलाई आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख १७ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी उपलब्ध गराएको छ । इन्स्योरेन्स कम्पनी एक वर्ष अगाडी ५ लाखको बिमा गरेका बस्नेतकी श्रीमती टिका बस्नेतलाई मृत्यु पर्यन्त प्राप्त गर्ने रकम हस्तान्तरण गरेको हो ।
२०७८ पुस २९ गते बिमा गराएका बस्नेतको २०७९ असोज १३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । एक किस्ता मात्र बुझाएका बस्नेतलाई आई एम ई लाइफ इन्स्योरेन्स कम्पनीले विमित ब्याक्तीको घरमै गएर उक्त रकम हस्तान्तरण गरेको हो ।
मृत्यु दाबी भुक्तानी कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष नवीन कार्कीले विना झन्झट समयमै पीडित परिवारलाई भेटी भुक्तानी रकम उपलब्ध गराएकोमा इन्स्योरेन्स कम्पनी धन्यवाद दिनु भएको छ ।
कार्यक्रमका सभापति पूर्व वडाध्यक्ष बाबुराम दाहालले समय अनुकूल हेरि सबै ब्याक्तीले बिमा गर्न आवश्यक रहेको बताउनु भयो । आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी ली. का १ नं. प्रदेश प्रमुख मिलन दाहालले आई एम ई लाइफ इन्स्योरेन्स कम्पनीले नितिनियम अनुसार भुक्तानी दाबी गरेको १२ दिनमा विमाङक रकम दिएको बताउनु भयो ।