धरान: प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। मष्तिष्कघातका कारण ज्यान गुमाएका धरान-९ का गणेश विश्वकर्माको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी मृतक गणेश विश्वकर्माकी श्रीमती सन्त माया मगर र उनको बुबा धन बहादुर मगर लाई रु. २० लाखको चेक हस्तान्तरण गरिएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाका प्रमुख सन्तोष राईले जानकारी दिए । मृतक विश्वकर्माले गत वर्षको पौष २८ गते २० लाखको २१ बर्से वैभव जीवन बिमा योजना खरिद गरेका थिए ।
बिमा जारी भएको ९ महिनामै मस्तिष्क घातका कारण बिनितको मृत्यु भएको थियो। कार्यक्रममा उपस्थित प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका १ नं प्रदेश प्रमुख पुष्कर भट्टराईले जीवन बिमाले परिवारमा आइपर्ने सङ्कटमा आर्थिक सहायता प्रदान गर्ने र परिवारको जीविकोपार्जनमा थप सहायता प्रदान गर्ने भएकोले सबै पेसा व्यवसायमा सम्बद्ध व्यक्तिहरूले बिमा गर्न जरुरी रहको बताए। त्यस्तै गरी धरान शाखाका प्रमुख सन्तोष राईले बिमाको पहुँच सबै माझ पन्याउनु पर्ने कुरामा जोड दिए । मृतककी श्रीमती सन्त माया मगरले बिमा कम्पनीबाट भुक्तानी भएको रकमले घर चलाउन सहज हुने बताइन्। शाखा कार्यालय धरानमा आयोजित कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।