रजत जयन्तीकाे अवसरमा महिला बचतको प्रभातफेरी

इटहरी । एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी गरिएको छ । सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर ४बाट प्रभातफेरी निकालिएको हो ।

प्रभातफेरीले इटहरीको मुख्य चोक क्षेत्र परिक्रमा गरी पुन संस्थाकै कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा संस्थाकी अध्यक्ष अमृत सुब्बा सहित पदाधिकारीहरु , शेयर सदस्य , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

महिला सेयर सदस्य अधिक रहेको महिला वचत तथा ऋण सहकारी २०५५सालमा ७५ शेयर सदस्य तथा एक लाख सेयर पुँजीबाट सुरु गरिएकोमा हाल आएर ९हजार १सय ६९ शेयर सदस्य तथा शेयर पुँजी ७ करोड ८५ लाख ७हजार २सय पुर्व क्षेत्रकै ठुलो सहकारी मध्येमा पर्ने गर्दछ ।

याे पनि पढ्नुहाेस्

रजत जयन्ती मनाउँदै महिला बचत सहकारी

तपाईको प्रतिक्रिया