कुखुरा पालनबाट फेरिएको एनकुमारकाे जिन्दगी

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ९ स्थित प्रकृति टाेलका कृषक एनकुमार गिरीले विगत १० बर्ष देखि निरन्तर रूपमा गरेको व्यावसायिक कुखुरा पालनबाट स्वदेशमै मनग्य आम्दानी हुने गरेको छ ।

एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिक रूपमा गरेको लेयर्स जातकाे खुकुरा पालनबाट बार्षिक रूपमा रू ३० लाख जति आम्दानी गर्न सफल भएको कृषक गिरीले बताए। २ कराेडकाे लगानीमा फर्म सञ्चालन गरेका गिरीले अहिले ७ हजार अन्डा पर्ने जातका लेयर्स खुकुरा पाल्दै आएका छन् । स्वदेशमै बसेर केहि आयआर्जन गर्ने साेचमा भएकोले `शुरूमा ऋण लिएर कुखुरा फर्मका लागि जग्गा जाेडेकाे थिए, अहिले यहि पेशाबाट बैककाे ऋण समेत तिर्न सफल भएको ´कृषक गिरीले सुनाए।

साेलुखुम्बुबाट एसएलसी उत्तिर्ण गरेर महेन्द्र क्याम्पस धरानबाट बिबिएस पास गरेका छन् गिरीले। उनि आर्युवेद सम्बन्धि ज्ञान भएको वैध पनि हुन । `कृषिमा ठूलाे सभ्भावना देखेर रहरका साथमा सुनसरीकाे तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिक रूपमा कुखुरा पालनलाई अगालेकाेले यसबाट आफु अहिले सन्टुष्ट भएको ´गिरीले उल्लेख गरे ।

एनी एन्जल कृषि फर्ममा अहिले केही जनशक्तिले राेजगारी समेत पाएका छन्। यस कुखुरा फर्ममा दैनिक ५ हजार अन्डा उत्पादन हुने गरेको छ । अन्डा प्रतिगाेटा रू ११ रूपैयाँमा फार्ममै बिक्री हुने गरेको गिरी बताए । आफ्नाे कुखुरा फर्मबाट उत्पादन भएको अन्डा पूर्वी नेपाल लगायत विभिन्न स्थानमा हाेलसेल तथा खुद्रा मुल्यमा खपतका लागि पुग्ने गरेको कृषक गिरिले उल्लेख गरे । उनले कुखुराकाे अन्डामा मान्छेकाे क्षमता बढाउँने शरिरका लागि आवश्यक पाैष्टिक तत्व हुने भएकोले यसकाे सेवन गर्नु लाभदायक समेत भएको बताए। लेयर्स जातकाे कुखुराले बाहै् मास अन्डा उत्पादन गर्ने गर्दछ भने अन्डा पार्न छाडे पछि मासुकाे दाममा बिक्री हुने गरेका कारण यस व्यवसाय तर्फ अहिले कृषक बढी नै आकर्षित समेत हुने गरेका छन्।

गर्मी माैसममा भन्दा जाडाे सिजनमा कुखुराकाे अन्डा तथा मासु बढी खपत हुने गर्दछ । कुखुराकाे अन्डा उत्पादन भएको करिव एक महिना भित्रमा खपत भै सक्नु पर्छ । कुखुरा पालन व्यावसायबाट अन्डा र मासु उत्पादन हुनुका साथै सुलीकाे मलबाट समेत राम्रो आम्दानी हुने गरेकाे कृषकहरू बताउँछन् । प्रतिबाेरा रू ३ सयमा फर्मबाट सुलि बिक्ने गरेको तथा रासायनिक मल इउरिया , डिएपी बजारमा पाउँन मुस्किल हुने गरेकोले सुलि मलकाे खपत बढेकाे कृषक गिरीले सुनाए ।

२ वटा ठुला ठूला कटेराेमा खुकुरा फर्म सञ्चालन गरेका गिरीले कुखुरा पालनसँगै खसिबाख्रा समेत पालेर आफ्नाे कृषि पेशालाइ थप मजबुत बनाएका छन् । उनले उन्नत बयर जातका ५० वटा भन्दा बढी खसिबाख्रा पालन गरेर मनग्य आम्दानी गर्दै बाख्राकाे बडकुडाबाट मल उत्पादन गरि बिक्री वितरण समेत गर्दै आएका छन् । कृषिमा सभ्भावना धेरै भएकोले मेहेनतका साथमा जाँगर चलाउँदै तरिका पुयाएर काम गर्दा नाफा हुने अनुभव आफुले बटुलेकाे कृषक गिरीकाे भनाइ रहेको छ ।

खुकुरा पालनकाे बारेमा समस्या के छ ? भनेर साेध्दा कृषक गिरीले कुखुरालाई रानीखेत , पानी कम भएर लाग्ने राेग (इकाेला) फाेक्साे , घाँटी सम्बन्धि राेग भएकोले अाैषधी उपचारमा समस्या हुने हुँदा आफु जस्ताे स्वदेशमै आत्मा निर्भर भएर बाँच्न चाहाने कृषककाे लागि सरकारले सहयाेग गर्नु पर्ने उल्लेख गरे। खुल्ला बजार प्रतिष्पर्दा तथा विचाैलिया (दलाली) का कारण कुखुरा पालनमा समस्या भएको तथा सरकारले उचित मूल्य निर्धारण गर्न नसक्दा लागत भन्दा कम दाममा उत्पादित समान बिक्री गर्नु पर्दा मार्कामा परेको कृषक गिरीले बताए । उनले किसानकाे नाममा नक्कली किसानले राहत अनुदान पाउँने तथा वास्तविक किसान पिडित हुने गरेको उल्लेख गर्दै कृषिमा पनि नराम्रो राजनीतिले छुने गरेकाेले यसकाे अन्त्य हुनु पर्ने सुझाव समेत दिए।

सुन्दरहरैँचा नगरपालिका वडा न ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिलागि धेरै सभ्भावना र अवसर भएकोले एनकुमार गिरीले गरेकाे कृषि कर्म उदाहरणीय तथा महत्त्वपूर्ण भएको हुँदा मेहेनति तथा उद्यमशिल कृषककाे लागि सरकारले समेत आवश्यक सहयाेग गर्न जरूरी रहेको बताए।

तपाईको प्रतिक्रिया