इटालियन डिजाइन र प्रविधिमा निर्मित ‘टारो’ का मोटरसाइकल तथा स्कुटर विक्री वितरण सुरू

इटहरी / ओम मोटोकर्प प्रालीले टारो व्राण्डका मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्ने गरी इटहरीमा शाखा विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै शनिबार औपचारिक कार्यक्रमबीच शोरुमको उद्घाटन भएकाे छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले रिवन काटेर शोरुमको उद्घाटन गरेका हुन् । एस. जी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रा. लि. ले गत वर्ष नेपाली वजारमा भित्राएको टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका बाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको छ । हाल कम्पनीले टारो व्राण्डका GP 2 200, GP 1 250 / GP 1 400 Cc गरी तीन मोडलका वाइक नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । स्कुटरको हकमा १५० CC का दुई मोडल Imola 150 र Alex T9 150 ग्राहकको लागि उपलब्ध गराएको छ । यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप CBS Braking, Keyless Ignition, EFI, Under seat exhaust, TFT display, Aerodynamically Built, Projector headlamp लगायत रहेका छन् । टारो काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको हो ।

उच्चतम प्र्रविधिबाट नीर्मीत सुफद मुल्यमा उपलब्ध हुने किसिमका मोटरसाइकल तथा स्कुटरको माग पुर्व क्षेत्रमा अत्याधीक रहेको तर्फ मध्यनजर गर्दै पुर्वको व्यापारीक केन्द्र इटहरीमा शाखा विस्तार गरीएको जनाइएको छ । यस व्राण्डका मोटरसाइकल तथा स्कुटरमा सीबीएस ब्रेकीङ,कीलेस इग्नीसन,इएफआइ,अन्डर सीट एग्ज्हाउस्ट,टीएफटी डिस्प्ले,एरोडाइनामीकल्ली व्युल्ट,प्रोजेक्टर हेडल्यामम्प लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । युवाहरुको स्पोर्टस बाइकहरुप्रती बढ्दो आकर्षण र माग अनुसारका सवारी साधनहरु बिक्री वितरण गरीने भएका कारण यस कम्पनीले बिक्री वितरण गर्ने वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने कम्पनीले सिवश्वास लीएको छ ।

यस साखाले सुनसरी,मोरङ,झापा लगायतका जील्लाका उपभोत्तलाहरु लावान्वित हुने ओम मोटोकर्प प्रालिका जेनेरल म्यानेजर उज्वल जोशीले जानकारी दिए । हाल कम्पनीले टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरहरु जी पी २ २००, रु ५ लाख ५० हजार,जीपी १ २५० को रु ६ लाख ५० हजार र जी पी १ ४०० सी सी को रु ९ लाख ५० हजारमा तीन मोडलका वाइक विक्री वितरण गरीने जनाइएको छ । यस्तै स्कुटरको हकमा १५०सी सी का दुई मोडल इमोला १ सय ५० को रु ३ लाख ३० हजार र एल एक्स टी नाइन १ सय ५० को रु ३ लाख ४५ हजार बिक्री मुल्य नीर्धारण गरेको छ ।

कम्पनीले आउने १ महिना भित्र विक्रि पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको छ भने दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० खरीदमा रु.१५,०००।–,जीपी २ २०० खरीदमा रु.३०,०००।– र जीपी १ २ सय ५० खरीदमा रु. २०,हजार छुटका अफर लागू हुने भएको छ । यस्तै बम्पर अफरमा यस अवधिभर खरीद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले जानकारी दिए । टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा विक्रि वितरण भइरहेको प्रचलित व्राण्ड हो ।

तपाईको प्रतिक्रिया