यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा ९ मा रहेको यस क्षेत्रकै ठूलो उद्योग पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (PLO) मा विश्वकर्मा बाबाको पुजाको अवसरमा धार्मिक विधि पूर्वक पुजा आराधना गरि मनाइएकाे छ ।

पिएलओका संचालक तथा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा विश्वकर्मा बाबाकाे पूजा आराधना गरिएकाे हाे । सामुहिक रूपमा टिका प्रसाद ग्रहण गरी कम्प्युटर, मेशिन, औजार, सवारी साधन लगायतको पुजा आराधना गरि ज्ञान विज्ञान र शिपका भगवान बाबा विश्वकर्माको श्रद्धापूर्वक सम्झना गरिएको कम्पनीका प्रबन्ध निर्देशक भाेलेश्वर दुलालले बताए ।

तपाईको प्रतिक्रिया