इटहरीमा लुयान कम्पनीको इलेक्ट्राेनिक स्कुटर विक्री सुरु

इटहरी । इटहरीमा लुयान कम्पनीको इलेक्ट्राेनिक स्कुटर विक्री सुरु भएकाे छ । पेट्रोलिय पद्धार्थको मुल्य दिनप्रतिदिन वढी रहेको समयमा नेपालमा विद्युतिय सवारी साधनको प्रयोग वढी रहेको बेला सुनसरीको इटहरीमा नव दुर्गा ग्रुपले लुयान कम्पनीको इस्कुटर विक्री सुरु गरेको छ । नव दुर्गा ग्रुपले सञ्चालनमा ल्याएको ईस्कुटरको बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले एक कार्यक्रमका विच उद्घाटन गरेकी हुन ।

लुयान कम्पनीको इस्कुटर एक पटक गरिएको चार्जले ८० किलोमिटर माइलेज दिने र प्रति घण्टा ७० किलोमिटर स्पीड सम्म चलाउन सकिने स्कुटरको विक्री सुरु गरिएको हो । नव दुर्गा ग्रुपका चार जना युवाहरुले विभिन्न व्यवसाय सञ्चालन गर्दै आएकोमा व्यवसायीक सफलता पछि इस्कुटरको व्यवसाय समेत थालेको सञ्चालक देवी प्रसाद खनालले बताए ।

एक लाख ८० हजार बजार मुल्य रहेको सो स्कुटर खरिदमा उदघाटनको अवसार पारेर पाँच हजार रुपैया छुट दिने व्यवस्था मिलाइएको नव दुर्गा ग्रुपका सञ्चालक दिपक कार्कीले जानकारी दिए । उनले पेट्रोल मुल्य वढी रहेको तथा पेट्रोल खरिद गर्दा नेपाल अर्थतन्त्र वाहिर जाने तर्फ समेत मध्यनजर गर्दै ईस्कुटर वित्री गर्न थालिएको समेत जनाए । इस्कुटरले वातारवण प्रदुर्षण समेत नगर्ने तथा प्रयोग गर्दा समेत खर्च कम लाग्ने भएका कारण समेत पछिल्लो समयमा विद्युतिय सवारीको प्रयोग र विक्री नेपालमा वढी रहेको छ ।

तपाईको प्रतिक्रिया