भन्सार छलीका समान बरामद

सुन्दरहरैँचा / मोरङ जिल्ला विराटनगर १२ दरैया स्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको समान माेरङ प्रहरीले पक्राउ गरेको छ । लत्ताकपडा, पुजाको सामानहरू र विभिन्न मोटरपार्टसहरू समेत गरी अन्दाजी २ लाख ७ सय ६० बरावरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेकाे हाे। आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया