सुन्दरहरैचास्थित बाला जलको फ्याक्ट्रीमा शिलबन्दी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ४ मा रहेको बाला जल इन्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित रहेर सञ्चालन गरेकाले शिलबन्दी गरिएको खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी दिए ।

उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा बिहीवार उद्योगमाथि अनुगमन गर्दा उक्त उधोग मापदण्ड विपरित सञ्चालनमा रहदै आएको पाइएको हो । रिजालका अनुसार अनुगमनका क्रममा उक्त फ्याक्ट्रिले हातले नै आँफै पानी बोतलमा र जारमा भरेर बजारमा पठाउदै आएको पाइएको भेटिएको हो ।

रिजालका अनुसार उद्योगको अर्को कोठामा जारको पानी प्रशोधन र प्याकेजिङ्ग गर्ने संरचना रहेकोमा उक्त सरंचना भित्र प्रोसेसिङ्ग इक्युपमेन्ट र फिलिङ्ग इक्युपमेन्ट एकै ठाउमा रहेको, जार सफा गर्ने कक्ष नरहेको देखिएकाले संरचनागत र व्यवस्थापन पक्ष सुधार नभए सम्मको लागि उद्योगको उत्पादन बन्द हुने गरी शिलबन्दी गरिएको हो ।

तपाईको प्रतिक्रिया