एभरेष्ट बैकको शाखा पथरीमा

पथरी / मोरङको पथरी शनिश्चरेमा एभरेष्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । १ सयै १८ शाखा रहेको बैंकले बुधबार पथरीमा एक्टेन्सन काउन्टर कार्यलयको उद्घाटन गरेको हो । बैकको १ सय १८ औं शाखा तथा १ सय ५१ ओटा ए टि एमबाटा सेवा प्रदान गर्दै आएको बैकले भारतको पञ्जाब नेशनल बैंक संग संयुक्त सहकार्य गर्दै आएको छ ।

पञ्जाब नेशनल बैंक भारत संग संयुक्त सहकार्य रहेको एभरेष्ट बैकले भुपु सैनिकको सुविधाका साथ ब्यापारीलाई सरल बैकिङ कर्जा प्रबाह गर्ने उदेश्यले सेवा विस्तार गरेको बैकका प्रदेश प्रमुख जनक चापागाईले बताए ।

एभरेष्ट बैकको उद्घाटन कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का वडाध्यक्ष भिम रार्यले अन्य बैकको तुलनामा फरक सेवा सुविधा दिदै उदाहरणीय कार्यमा अघि बढ्न सुझाव दिएका छन ।

कार्यक्रममा भुपु सैनिकहरुलाई लक्षीत गर्दै मोरङको पथरी शखाको उद्घाटन गरेको भारतीय दूतावास पि पि ओ अफीसका मेजर भरत कनोज्याले बताए ।
बैंकले चाडौ झापाको धुलाबारीमा अर्को शाखा विस्तार गर्ने तयारी गरेको छ । उद्घाटन कार्यक्रममा भारतीय भु पु सैनिक संघका अध्यक्ष धन बहादुर रानाका साथ पथरी आसपासका भारतीय भु पु सैनिक, ब्यापारीहरुको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया