‘कोर’ व्यापारीको हितमा काम गर्नु र संस्थाको ‘इन्कम पाइप’ बढाउन सुनसरी उद्योग वाणिज्य सङ्घमा शिवराज श्रेष्ठ समूहको उम्मेदारी

धरान / सुनसरी उद्योग वाणिज्य सङ्घको चुनावमा गठबन्धन प्यानलका उम्मेदवारहरूले ‘कोर’ व्यापारीको हितमा काम गर्ने संस्थाको ‘इन्कम पाइप’ बढाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सुनसरी उद्योग वाणिज्य सङ्घमा शिवराज श्रेष्ठ समूहका उम्मेदारहरुले असार २० गते हुन गइरहेको सङ्घको चुनावका लागि अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठको गठबन्धन प्यानलले आइतबार धरान १८ स्थित होटल ड्रिम ल्याण्डमा पत्रकार सम्मेलन गर्दे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

‘सक्षम, सुदृण्ढ र समृद्ध सुनसरी उद्योग वाणिज्य सङ्घ व्यावसायिक सुरक्षालागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नाराका साथ चुनाव प्रचार प्रसार गरिरहेको प्यानलले सार्वजनिक गरेको प्रतिविद्धता पत्रमा सुनसरी क्षेत्रको उद्योग तथा व्यवसायको विकास र प्रवर्धनका लागि दीर्घकालीन, अल्पकालीन र तत्कालीन गरी तीन कार्यभारमा विभाजन गरी काम गर्ने उल्लेख गरेको छ । जसका लागि दीर्घकालीन कार्यभारका रूपमा विभिन्न क्षेत्रगत व्यावसायिक देखिएको विभिन्न समस्याहरूका साथै भइरहेको व्यावसायिक गतिविधिलाई व्यवस्थित, झन्झटमुक्त र सहज बनाउन तथा व्यवसायको सुरक्षा, हित र सम्बद्र्धनका लागी अघि बढ्ने उल्लेख गरिएको छ ।

सुनसरी क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने, लेखा परीक्षण, व्यावसायिक परामर्श, कानुन परामर्श, कर सहयोग सेवा लगायतका विभिन्न १४ वटा सेवा केन्द्रको सङ्घमा दैनिक सेवा सुरु गर्ने अध्यक्षका उमेदवार श्रेष्ठले बताएका छन् । श्रेष्ठ हाल बहालवाला उपाध्यक्ष हुन् भने उनले यसपटक आफू चुनावमा नजिते अर्को पटक अध्यक्षको प्रत्यासी नहुने अन्यलाई पालो दिने भन्दै त्यगको पनि घोषणा गरेका छन्।

चालु आर्थिक वर्षबाट सङ्घ प्रदेश र स्थानिय सरकार बिच सहकार्य गरी पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणका काम सुरु गर्ने, सचिवालयको सुदृढीकरण, सुरक्षकालागी सिसिटिभी क्यामेरा जडान, सेक्युरिटी गार्डको व्यवस्था, व्यवस्थित प्रदर्शनी स्थल र पार्टी प्यालेसको विकास गर्ने लगायतका योजनाहरू प्यानलले अघि सारेको छ । दीर्घकालीन योजनाहरूमा पालिका र जिल्लाको राष्ट्रिय सञ्जाल बनाउने, ठुला योजना र लगानी भित्र्याउने, व्यावसायको लगानी उपहार, धरानको खानेपानी व्यवस्थापनमा निर्णय भूमिका स्थापित गर्ने देखी लिएर धरान ६ पानबारीमा निमार्णधिन औद्योगिक ग्रामको निमार्ण सम्पन्न गरी नयाँ उद्योग विकासका लागि विभिन्न निकायहरूसँग संयोजन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनाता समाजवादी पार्टी सम्बद्ध उद्योगी व्यावसायिहरुको सङ्गठनको गठबन्धन प्यानलमा सदस्यको उम्मेरद्वारी रहेको छ ।

के भन्छन् उम्मेरद्वार सदस्यहरु

नविनराज भन्डारीले भने संस्था जति बुढो तेती नै निखारिने हो । दुई कार्यकाल बसे वाणिज्य नै बुझ्नु पाइएन । टिम सँगै हिड्दा ल्याएका कार्यक्रमले कोर व्यावपारीलाई छुन् सकेन्। धरानको विकासको क्रममा अनुदानलाई लागु गर्नु सकिएन्। धरानमा २९ करोडको होटलको परयोजनाको अनुदान आयो तर, धरानमा राख्नु नसकेर नेपालगन्ज सर्नु आफैमा तितो कुरा हो । व्यापारीको प्रतिनिीधित्व गरिरहँदा नराम्रो लागेर आउँछ । अबका दिनमा एक्लौटी हैन् संस्थागत निर्णय र तिनै तहका सरकार सँग संस्थाको इन्कमको पाइपहरु खोल्ने आफ्नो उमेरद्वारी रहेको बताए ।

उद्योग तर्फ चन्द्रप्रसाद बजगाईँ भन्छन् ‘व्यवसायमा युवा सहभागीताको लागी मेरो उम्मेरद्वारी हो ।’ यस्तै भोला श्रेष्ठले भने ‘खस्कदो स्थानीय व्यापारको स्तरोन्नतिका लागि आफ्नो उम्मेरद्वार रहेको छ ।’ वाणिज्य तर्फ अमित अग्रहरी भन्छन् ‘कर र बैकिङ्ग समस्याको हल गर्नु हाफ्नो उम्मेरद्वारी दिएको छु। ’ यस्तै उपेन्द्र चाम्लिङले भने ‘ग्रामिण उद्योग व्यवसाय सागै घरबास ( होमस्टे ) को प्रवद्धन गर्न , नयाँ प्रर्यटनका लागि नयाँ गन्तब्य खोजी गर्नु, सम्भावित व्यवसायीक गतिविधी उत्खनन गर्नु र कृषीफर्मलाई उद्योग र उद्यमीलाई उद्योगीको रुपमा विकास गर्ने अभियानका लागी आफ्नो उम्मेरद्वारी रहेको उपेन्द्र चाम्लिङले बताए ।’

व्यापारीको आशा र सुरक्षको भरपर्दो माध्यम बनाउन र स्थानीय उत्पादनको बजारिकरण गर्नु आफ्नो उम्मेरद्वारी रहेको काजी गिरीको भनाई छ । दिनेश राई भन्छन् संस्थालाई चलायमान र गतिशिल बनाउनु आफ्नो उम्मेरद्वारी रहेको बताए । नवीन लिम्बूले भने संघ प्रदेश र स्थानीय सरकारबिच सहयोग गर्नु मेरो उम्मेरद्वारी हो । राजेश अग्रवालले भने संघमा दैनिक सेवा सुरुवात गर्नु मेरो उम्मेरद्वारी रहेको छ । सिताराम आचार्य धरानमा व्यापार बढाउन र बेरोजगारीको समस्या हल गर्नु आफ्नो उम्मेरद्वारी रहेको बताए ।

त्यस्तै वाणिज्य तफको महिला सदस्यमा ममता शाक्यले उद्योग तथा व्यापारमा महिलाहरुको सहभागिता बढाउनु आफ्नो उम्मेरद्वारी रहेको बताइन्।  अनिल ताम्राकारले व्यापारको दायरा बढाउनु आफ्नो उम्मेरद्वारी रहेको बताए । नारायण लिम्बूले व्यापारीहरुको प्रतिव्यक्ति आयको दायरा बढाउन आफ्नो उम्मेरद्वारी रहेको बताए ।

तपाईको प्रतिक्रिया