एन आई सीले धम्काउने कर्मचारी लुकायो

मोरङ / तपाई एन आई सी एसिया बैङ्कबाट ऋण खादै हुनुहुन्छ ? सावधान तपाईँको ब्यावसायमा बैकले सेक्यूरेटी पढाउला ! त्यति गर्दा पनि ऋण नउठे बैङ्कले ऋण उठाउन दादागिरी शैलीमा कर्मचारी पठाउला ! अनि तपाईँको समाजमा रहेको चरित्रमा दाग लाग्ला ! यो पथरी शनिश्चरे शाखाले पछिल्लो समयमा ऋण उठाउन चालेको शैली हो । शाखाले कुनै पनि परिचय नखुल्ने कर्मचारी पठाउने र धम्काउने गरेको भेटिएको छ । बैङ्कको कर्मचारीको परिचय माग्दा कर्मचारीको परिचय समेत लुकाएको छ ।

यस्तै शैली जनयुद्धको समयमा माओवादी समाजमा गर्ने गर्दथे । हाल आएर एन आई सी एसिया बैङ्कले ऋण उठाउन सोही जनयुद्धको शैली अपनाएको देखिएको छ । लकडाउनले ओरालो लागेको अर्थतन्त्रमा बैङ्कको यो शैलीका कारण व्यापारीहरू तनावमा रहेका छन् । व्यापार ब्यावसाय धारासाही अवस्थामा छ । व्यापार गर्न लिएको ऋण तिर्न ब्यावसायीलाई मुस्किल परेको छ । बैङ्कको यो शैलीका कारण कतिले त ब्यावसाय छोडेर लापत्ता समेत भएका छन् ।

एन आई सी एसिया बैङ्क पथरी शाखाको यो शैलीका कारण मोरङ पथरी शनिश्चरे ७ का राजकुमार आचार्यलाई पनि यस्तै अवस्थामा पुराएको छ । राज इलेक्ट्रोनिक पसल सञ्चालन गर्न ५० लाख ओडि ऋण लिएका राजकुमार आचार्यले समयमै ऋण नतिरेको भन्दै बैङ्कले ब्यावसायमा सेक्यूरेटी गार्ड राखेको छ । सेक्यूरेटी गार्ड राख्दा पनि ऋण नउठेको भन्दै कर्मचारीले धम्काएका छन् । बैङ्कको त्यो शैलीका कारण व्यापार खस्किएको र मेरो चरित्रमा बैङ्कले हिलो छ्यापेकोको आचार्यले बताए । लकडाउनका कारण व्यापारमा तरलता भएकाले आचार्यले बैकलाई केही समय पर्खिन अनुरोध गर्दा पनि बैङ्कले पसलमा सेक्यूरेटी राख्ने र कर्मचारी पठाएर धम्काउने गरेको आचार्य बताउँछन् । लकडाउनमा ऋण तिर्न समस्या भए पछि बैककै सहमतिमा ५० लाखलाई बढाएर ६० लाख बनाएका थिए ।

आचार्यको भनाई छ “बैङ्कको नियम कानुन अनुसार सेक्यूरेटी राख्ने, कर्मचारी लाएर धम्काउने की ऋण बराबरको धरौटी छ लिलामीमा जाने हो” ? धितो हुँदा हुँदै मलाई धम्काउने कर्मचारी विरुद्ध उजुरी गर्न परिचय माग्दा बैकले परिचय नदिएको आचार्यको गुनासो छ । बैकको कर्तुत मिडियामा आए पछि बैङ्कले आचार्य सँग माफी समेत मागेको छ ।

बैङ्कको ऋण उठाउने नयाँ शैली अनुरूप सेक्यूरेटीलाई ऋणीको ब्यावसायमा डिउटी सुरु गराएको थियो । त्यतिले मात्र नभएर बैङ्कका कर्मचारीले ब्यावसायीलाई पसलमै गएर धम्काएको आचार्यले बताएका छन् । बिना परिचय पत्र, विना पोसाकका ऋण उठाउन गएका ब्याक्तीको विषयमा बुझ्दा उनी एन आई सी एसिया बैङ्कका कर्मचारी रहेछन् आचार्यले बताए । आचार्यले बैकको कर्मचारी भन्ने कुनै प्रमाण नदेखिएका कारण कसरी विश्वास गर्ने भन्ने सवालमा उक्त कर्मचारीले “बैङ्क आइज तँलाई म को हु चिनाउँछु” भन्दै धम्की दिएको बताए । व्यापारमा समस्या रहेका कारण केही महिना ब्याज तिर्न नसक्ने बैंकलमई जानकारी गराएको आचार्य बताउँछन् । यता आचार्यको श्रीमतीलाई समेत “यो बुढालाई म छोड्दिन” “म को हु देखाउँछु” भन्दै फर्केको बताउँछिन् । बैङ्कले बिहान सेक्यूरेटीलाई ल्याउने र बेलुका लाने गरेको थियो ।

याे पनि पढ्नुहाेस्

दादागिरी शैलीमा एनआईसी एसिया बैङ्कले राख्यो पसलमा गार्ड , कर्मचारीले भने “बैक आइज म को हुँ” चिनाउँछु ।

तपाईको प्रतिक्रिया