इटहरीमा प्रिमियर वायर्सकाे इलेक्ट्रीसियन मिट सम्पन्न (तस्विरहरू सहित)

इटहरी / सुनसरीकाे इटहरीमा प्रिमियर वायर्सले इलेक्ट्रीसियन मिट सम्पन्न भएकाे छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा इलेक्ट्रीसियन मिट २०७९ सम्पन्न भएको हो । करिब १५० जना भन्दा बढी इलेक्ट्रीसियनहरु उपस्थिति रहेको सो कार्यक्रममा उद्योगद्वारा उत्पादित प्रिमियर ब्रान्डका केबुलका विशेषता, प्राविधिक जानकारी, उद्योग र इलेक्ट्रीसियन बिचको सम्बन्ध लगायतका विषयहरू समावेश गरिएका थिए ।

कार्यक्रममा प्रिमियर वायर्स प्रा.लि.का कम्पनी म्यानेजर निर्मल काेइराला, प्रमुख अतिथि क्यूपेक नेपालका अध्यक्ष बासुदेव चाैधरी,नेपाल बिद्युतिय व्यवसायी संघका तृतिय उपाध्यक्ष लक्षमी धिताल, इटहरी बिद्युतिय व्यवसायिक संघका अध्यक्ष चन्द्रमणि देवकाेटा लगायतहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बोल्दै प्रिमियर वायर्स प्रा.लि.का म्यानेजर निर्मल काेइरालाले यस कार्यक्रमहरूले इलेक्ट्रीसियन मित्रहरूमा ऊर्जा थप्नुका साथै प्रविधिका विषयमा जानकारी बढाएकाे बताइ । उनले विभिन्न समयमा प्रिमियर वायर्सले यस्ता प्रकारका कार्यक्रमहरू आयोजना गर्ने गरेका बताउनुका साथै यस्ता कार्यक्रमले उद्योग र इलेक्ट्रीसियन बिच प्रगाढ सम्बन्ध स्थापित भएको बताए ।

कार्यक्रमा लक्की ड्र खेलको आयोजना गरेर विजेताहरूलाई स्मार्ट फोन,टेबल फ्यान,ड्रिल मेसिन,आदि जस्ता थुप्रै आकर्षक उपहारहरू प्रदान गरिएको थियो । दिवा भोज पश्चात् उपस्थित सम्पूर्ण इलेक्ट्रीसियनहरुलाई मायाको चिनो स्वरूप व्याग तथा ड्रिलकिट प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया