सुन्दरदुलारी उद्योग बाणिज्य संघको अध्यक्षमा ढुङ्गाना

पत्रकार एलएन गच्छदार सम्मानित

सुन्दरहरैंचा / माेरङकाे सुन्दरदुलारी उद्योग बाणिज्य संघको छैठौैं बार्षिक साधारण सभाले जिवन ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका छ । गछियामा शनिबार सम्पन्न छैठौँ बार्षिक साधारण सभाबाट प्रथम उपाध्यक्षमा लुवराज आचार्य,उपाध्यक्षमा राजेन्द्रप्रसाद धमला, महासचिवमा खड्गबहादुर श्रेष्ठ ,सचिवमा रमेश थापा साथै कोषाध्यक्षमा बद्रि पेस्कार चयन भएका छन । तेसै गरि सदस्यमा यशोदा श्रेष्ठ,कमला ओझा,नेत्रप्रसाद दुलाल,अम्बिका पुरी, प्रकाश सिग्देल,कमलप्रसाद दाहाल र उमेश वस्ति चयन भएका हुन । संस्थाले आगामी ३ वर्षको लागीे नयाँ कार्यसमिति चयन गरेको हो ।

तेसै गरि उवासकाे साधारण सभाबाट पत्रकार एलएन गच्छदार सम्मानित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाल उद्योग बाणिज्य महासंघका काठमाडौंका उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा सुन्दरदुलारी उद्योग बाणिज्य संघका अध्यक्ष किशोरकुमार कार्कीले संयुक्त रुपामा नगद रु ५ हजार सहित सम्मान पत्रले सम्मानित गरेका थिए । सत्य तथ्य घट्नाहरूमा आधारित रहेर सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउदै राज्यको चौथो अंगकाे रुपमा काम गरेर आफ्नो जिवनलाई पत्रकारिता तथा संचार क्षेत्रमा समर्पित गरेकै कारणले उनलाई सम्मनित गरिएको आयोजकले जनाएको छ । साथै समाराेहमा विद्यार्थी नितेश गौतम र पुराना व्यवसायी हरि साह समेत सम्मानित भएका छन् ।

साधारण सभामा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ , जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई ,उद्योग वाणिज्य महासंघ प्रदेश १का उपाध्यक्ष भिमबहादुर पौडेल , सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई ,उपप्रमुख अकलीदेवी चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया