नेपाली युवा उद्यमी मञ्च सुनसरी अध्यक्षमा सन्तोष आचार्य

इटहरी / नेपाली युवा उद्यमी मञ्च सुनसरी अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । मञ्चको तेस्रो साधारण सभाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको इमिडियट पास्ट प्रेसिडेन्टमा कुमुद निरौला, फस्ट भिपि एडमिन चेयरमा चन्द्र देवकोटा, सेकेन्ड भिपि फाइनान्स चेयरमा सिद्धार्थ श्रेष्ठ, मेम्बरसिप चेयरमा आकाश दुलाल, मिडिया चेयरमा सिनेट रिजाल, एलाइन्स चेयरमा राजीव घिमिरे, साेसलवर्क चेयरमा अभिषेक बस्नेत, लनिङ् चेयरमा ममता प्रसाईँ, ओमन इम्पावरमेन्ट चेयरमा श्रद्धा बिस्ट पराजुली र इटरनेशनल काेडिनेशनमा बिकाश अटल चयन भएका छन् । त्यस्तै अन्य समितिहरूमा इभेन्ट चेयरमा उत्सव थापा, इन्टर च्याप्टर चेयरमा जर्मन पौडेल, गर्भमेन्ट चेयरमा मिसन पराजुली र स्टार्ट अप चेयरमा निशान्त केडियालाइ चयन गरिएको छ ।

कार्यक्रममा वक्ताहरूले सुनसरीमा उद्यमशीलताको विकास गर्न, युवाहरूलाई उद्यमशीलताका लागि क्षमता अभिवृद्धि गर्न, अर्थतन्त्र बलियो बनाउन, मञ्चमा युवा उद्यमी तथा महिला उद्यमीहरूको सहभागिता बढाउन जोड दिन सुझाव दिएका थिए । कार्यक्रममा वाणिज्य महासङ्घ इटहरीका अध्यक्ष भीम बहादुर पौडेल, प्रदेश सांसद लिलम बस्नेत, हेम घिमिरे, लोकनाथ भण्डारी लगायतहरूकाे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया