इटहरी तथा आसपासका क्षेत्रहरूलाई लक्षित गर्दै बलियामा हुलास स्टिलकाे आठौँ बिक्री शाखा संचालनमा

इटहरी / चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टिल इन्डट्रिज ले मोरङको सुन्दरहरैचाकाे बलियामा आफ्नो आठौँ बिक्री शाखा संचालनमा ल्याएकाे छ । इटहरी तथा आसपासका क्षेत्रहरूलाई लक्षित गर्दै हुलासले सो शाखाको शुभारम्भ गरेको हुलास स्टिलका मुख्य बिक्री व्यवस्थापक (चिफ अफ सेल्स) अशोक सिंहले बताए । सिंहले पूर्वमा विराटनगर, बिर्तामोड तथा इटहरीमा तेस्रो शाखाको शुभारम्भ गरिएको बताए । उने कैलालीको अत्तरियामा ९ औ बिक्री शाखा कार्यालय स्थापनाको तयारी भइरहेको बताएका छन् ।

गुणस्तरीयतामा विगत ४१ वर्ष देखी नेपालीहरूको मन मनमा बस्न सफल हुलासले आफ्ना सेवा तथा उत्पादनहरूलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ सो शाखा कार्यालय स्थापना गरिएको हुलास स्टिलका ब्रान्ड म्यानेजर रबी केशीले बताए । उनले भने हुलासकाे यो शाखा स्थापना पश्चात् ग्रहकहरूले गुणस्तरीय उत्पादनका लागी अन्यत्र जानु नपर्ने समेत बताए ।

हुलासले झन्डै १४ प्रकारका जस्तापता, पाइप, सकेट, अन्मुनियम, कालो पाइप, जी आई पाइप, इलेक्ट्रिक पोल, सट्टर र डेकिङ प्रोफाइल्स लगायतका सामग्रीहरू उत्पादन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया