महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शन मेला हुने

धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शन मेला हुने भएको छ । जेठ १८ गते बुधवार व्यापार प्रदर्शन मेला लाग्ने भएको हो ।

नेपाल बैंक लिमिटेडद्वारा प्रयोजन गरेको उक्त कार्यक्रममा साना तथा मझौला व्यवसायको उत्पादन प्रदर्शन तथा प्रचार गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।

प्राविधिक छेत्रका विभिन्न सुरुवाती व्यापारहरू समेत प्रदर्शन तथा प्रवर्द्धन गर्ने लक्ष्यसाथ उक्त मेला सोही कलेजका बि.बि.एम का विद्यार्थीहरूले सम्पन्न गर्ने तयारी रहेको कलेजका प्राध्यापक डा. नवीन कुमार नेपालले जानकारी दिए ।

उक्त व्यापारमा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैक तथा वित्तीय संस्था, साना तथा मझौला व्यापार, स्थानीय व्यापारी लगायतका ५ हजार जनाको उपस्थिति रहने अनुमानित गरिएको छ । ४० भन्दा बढी स्टल रहने जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया