सुन्दरहरैंचामा खसीबाख्रा पालनबाट राम्रो आम्दामी गर्दै बुढाथोकी

सुन्दरहरैंचा / गर्नेलाई जाहिताहि नगर्ने लाई काहिँ न काहिँ भनेझैं माेरङ सुन्दरहरैंचा १ निवासी कुमारगाउँका विशाल बुढाथोकीले स्वदेशमै व्यावसायिक रुपमा खसीबाख्रा पालन गरेर राम्रो आम्दामी गर्न सफल भएका छन् । विगत ३ बर्ष देखि बुढाथोकी कृषि फर्म सञ्चालन गरेर खसी बाख्रा पालनबाट बार्षिक रुपमा करिव १० लाख जति आम्दामी गर्न सफल भएको बुढाथोकीले बताए । उनले आफ्नाे फर्ममा बयर ,जमुनावारि र लाेकल जातकाे गरेर ६० वटा खसी बाख्रा पालन गरेका छन्। शुरुकाे अवस्थामा दुईचार वटा बाख्राका पाठापाठी पालनबाट व्यावसाय शुरु गरेका बुढाथोकीकाे फर्ममा अहिले बग्रेल्ती खसी बाख्रा देख्न सकिन्छ । उनकाे फर्ममा बाख्राका ससाना पाठापाठीहरु हेर्दै रहरलाग्दाे किसिमले नाच्दै र उफ्रिदै गरेको समेत देख्न सकिन्छ ।बुढाथाेकीले विभिन्न समयकाे अनुकूल पारेर खसीबाख्रा र पाठापाठी समेत खरिद बिक्री गर्ने गरेका छन् ।

उमेरकाे हिसावले ३ दशककाे घामपानी पनि राम्रो नखेपेका बुढाथोकी व्यावसायमा भने अगुवा र मेहेनती कृषकका रुपमा परिचित छन् । उनले खसी बाख्रा पालनबाट कतैबाट अहिले सम्म केही पनि अनुदान नपाएको उल्लेख गरे । बुढाथोकीलाई कृषि पेशा संगै व्यावसायमा अघि बढ्न घर परिवारका साथमा बुबा खगेन्द्र बुढाथोकीकाे पनि ठूलाे साथ सहयाेग रहेको छ । उनले व्यावसायिक रुपमा खसी बाख्रा पालन सँगै केही मात्रामा गाई ,भैंसी , कुखुरा समेत पाल्ने गरेका छन् । स्वदेशमै बसेर कृषि पेशासंगै फर्म सञ्चालन गरेका बुढाथोकीले केही जनशक्तिलाई राेजगारी समेत प्रदान गरेको छन् । +२ सम्मकाे अध्यायान गरेका उनी राेजगारीकाे लागि आफ्नाे फर्मलाई अझै विस्तार गर्ने साेचमा रहेको बताउँछन् ।

व्याससाय सँगै समाजिक काममा पनि दिल दिएर अघि बढेका बुढाथोकी स्वदेशमै बसेर काम गर्न पाउँदा खुसि लागेकाे बताउँछन् । बुढाथोकीले खसी बाख्राकाे व्यावसायिक फर्म सञ्चालन सँगै ट्याक्टर पनि खरिद गरेर व्यावसायलाई थप मजबुत बनाएका छन् । उनले आफ्नाे ४ बिगाह जमिनमा खेतिपाती पनि आफै गर्ने गर्छन् । बुढाथोकी खेतिपाति र बालीकाे लागि खसि बाख्रा र गाई भैसिबाट मल उत्पादन गरेर अर्गानिक अन्न बालि फलाउँने गर्छन् । साे जमिनबाट खसी बाख्रा र गाई भैसीका लागि घाँस पारालकाे जाेहि गरि अन्न पनि फलाएर जिविकाेपार्जन गर्दै आर्थिक स्तर समेत बढाएर अघि बढ्न सफल भएको बुढाथोकीले सुनाए । धनकुटाबाट आएर सुन्दरहरैंचाकाे कुमारगाउँ बसाेवास गरेर ४ दशक बिताएका बुढाथोकीकाे परिवारकाे अहिले पुरै तनमन कृषिमै लागेको छ । बुढाथोकी स्वदेशमा बसेर सीप जाँगर चलाउँने आफु जस्तो कृषककाे लागि सरकारबाट ऋणपानकाे सहज र सरल व्यवस्था गरेर अनुदानकाे सुविधा राम्रोसँग प्रदान गरि युवा जनशक्तिलाई थप हाैसला दिनु पर्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया