सुनकाे मूल्यमा सामान्य वृद्धि, यस्ताे छ बजार भाउ

काठमाडौं / सुन ताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, साेमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया