सिजी डिजिटल शोरुमबाट घरायसी सामग्री किन्दा नगद छुट पाइने

इटहरी / सिजी डिजिटलले विभिन्न ब्रान्डका घरायसी सामग्री खरिद गर्दा बिशेष छुट तथा उपहार पाइने भएको छ। सिजी डिजिटलले सिजी डिजिटल शोरुमबाट कुनै पनि सामानहरु खरिद या बुकिङ्गगर्दा २० प्रतिशत सम्म छुट प्रदान गर्ने सिजी डिजिटलका ब्रान्ड म्यानेजर दिवाकर नगरकाेटीले बताए ।

नगरकाेटीका अनुसार सिजीले पूर्वी नेपालका इटहरी, बिराटनगर, बिर्तामाेड, चन्द्रगडी, काँकरभिट्टा, दमक, लाहान, जनकपुर, बर्दिबास, बिरगन्ज र हेटाैडामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम अायाेजना गर्दै उक्त छुट तथा उपहार प्रदान गर्न लागेकाे बताए ।

तपाईको प्रतिक्रिया