इटहरी सेन्ट्रल प्लाजामा ‘सेन्ट्रल मार्ट’ खुल्यो : ग्राहकलाई ५ देखि २० प्रतिशतसम्म छुट

इटहरी / पूर्वकै सुन्दर शहर सुनसरीको इटहरीमा सेन्ट्रल मार्ट नामक ग्रोसरी स्टोरको आज सोमबारबाट औपचारिक उद्घाटन भएको छ । इटहरीको केन्द्रविन्दु अर्थात् चौकमै रहेको १० तले बिल्डिङ्ग सेन्ट्रल प्लाजाको पहिलो तलामा खुलेको मार्टको उद्घाटन सेन्ट्रल प्लाजा इटहरीका अध्यक्ष राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले गरेका छन् ।

सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेस्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर पनि चाहिन्छ भन्ने ग्राहकको मागसमेत आएकोले त्यसलाई मूर्त रुप दिन सेन्ट्रल मार्टको आवश्यकता महसुस भएको मार्टका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

मार्टमा खाद्यान्न, ग्रोसरी आइटम, लिकर (मदिरा) का साथै सफ्ट डिं«क्स आइटमहरु सुपथ मूल्यमा उपलब्ध हुने मार्टले बताएको छ । मार्टमा ५ हजारभन्दा बढी सामानका भेराइटीहरु उपलब्ध हुने बताइएको छ भने उद्घाटनको अवसरमा ग्राहकलाई ५ देखि २० प्रतिशतसम्म छुट दिइने मार्टका प्रबन्धक हेमन्त दङ्गालले बताए । मार्टको लागि सेन्ट्रल प्लाजाले ४ हजार स्क्वायर फिटको ठाउँ छुट्याएको छ ।

ग्राहको माग अनुसार सुपथ मूल्यैमै सामानहरु उपलब्ध गराउने मार्टको व्यवस्थापन पक्षले बताएको छ । राम्रो लोकेसनमा सम्पूर्ण सुविधासहित खुलेको सेन्ट्रल मार्टमा इटहरीकै अन्य डिपार्टमेन्ट स्टोरको भन्दा सस्तो मूल्यमै सामान पाइने दाबी मार्टले गरेको छ । इटहरी बजारकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे सपिङ्ग मलको ग्राउन्ड फ्लोरमा  मोबाईल स्टाेर, क्लाेथिङ् स्टाेर, ग्राउण्ड क्याफे, युनिक स्वीटस लगायतका आर्कषणहरू रहेका छन ।

पहिलो तल्लामा सेन्ट्रल मार्ट तथा  सनराईज बैँक रहेका छन् भने दोस्रो तल्लामा  मेलाइन्ज स्टाेर, स्काई शप (फिटनेस), बिभिन्न बुटिक तथा रेडिमेड स्टाेरहरू रहेका छन । मलकाे तेस्राे तलामा निल डेबिट शैलुन, बाटिस्टा ट्रेनिङ, ओप्पो सर्भिस सेन्टर रहेका छन् ।  पाँचो तल्लामा सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौ तल्लामा रहेको छ । इटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुईवटा स्क्रिन छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमा थ्रीडीमा हेर्न पाइने छ । सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा होटल बरन्डा रहनेछ । यो होटलमा ३६ आकर्षक कोठा छन् । सबै कोठाबाट इटहरीको दृश्याअबलाेकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया