नेपाल एसबीआई बैंकको लाभांश घोषणा

काठमाडौं– नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमध्ये ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ। हाल ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित बानेस सेयर वितरण पश्चात् ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ पुग्नेछ।

तपाईको प्रतिक्रिया