सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औ बार्षिक साधारण सभाबाट अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् । हातेमालो सहकारीकाे सभाहलमा भएको साधारण सभाबाट उपाध्यक्षमा भने हेमराज सुवेदी निर्वाचित भएका छन् । हातेमालोकाे साधारण सभाले अध्यक्ष तथा उपाध्यक्षकाे पदमा मात्र चुनावी प्रकृयाबाट नेतुत्व चयन गरेको हाे ।
बाँकी सञ्चालक समिति तथा लेखा समितिमा भने पुरानै नामावली कायम भएको संस्थाकी प्रबन्धक याेजना शर्मा ढकालले बताइन् । उनले हातेमालो सहकारीकाे सञ्चालक समितिमा पदमबहादुर न्याैपाने सचिव तथा सदस्यहरुमा ताराप्रसाद कट्टेल, कमला गुरुड , रञ्जु सुवेदी ,हरिबहादुर कार्की, मिनप्रसाद लिम्बू ,पार्वती घिमिरे, अर्जुनकुमार कार्की, दयाराम पाण्डे साथै लेखा समिति संयाेजकमा बुद्धिप्रसाद कोइराला, लेखा सदस्यमा देवीबहादुर कार्की र लोकबहादुर श्रेष्ठ रहेको जानकारी दिइन् ।
हातेमालाे सहकारीकाे साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका बस्नेत प्याब्सन माेरङका जिल्ला अध्यक्ष ,इन्द्रपुर जेसिज तथा लायन्स क्लब अफ इन्द्रपुरका पूर्व अध्यक्ष साथै स्थानीय सिद्वार्थ सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल समेत हुन् । बस्नेत आर्थिक तथा सामाजिक संघ संस्थाकाे नेतुत्व सँगै शिक्षासेवीकाे रुपमा लामाे समय देखि परिचित रहदै हाल हातेमालो सहकारीकाे अध्यक्षमा समेत निर्वाचित भएका हुन् । हाल १२ यस भन्दा बढी सेयर सदस्यहरु रहेको हातेमालो सहकारी जनभावना , किस्ती जलधार , संखुवासभाली साकाेस मिलेर मर्च भएको हाे ।