इटहरी स्थित सेन्ट्रल प्लाजाले ‘सेन्ट्रल मार्ट’ संचालनमा आउदै (तस्विरहरू सहित)

इटहरी /  सुनसरी ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजाले सेन्ट्रल मार्ट संचालनमा ल्याउने भएकाे छ । इटहरी मुख्य चाेकमै रहेको १० तल्ले सपिङ्ग मलको पहिलाे तलामा  मंसिर दाेस्राे सातादेखी औपचारिक शुभारम्भ गरि मार्ट संचालनमा ल्याउने तयारी रहेकाे मलका अध्यक्ष राजेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार  मलमा भ्रमण गर्ने ग्रहकहरूकाे माग अनुरूप सुपथ मुल्यमा उत्कृष्ठ सेवा सुविधा सहित मार्ट संचालमा ल्यउन लागिएकाे बताए । करिब ४००० स्वाएर फिटमा रहेकाे मार्टकाे कुल लगानि ५ कराेड माथिकाे रहेकाे जनाइएकाे छ । मार्टमा ५००० भन्दा माथि भेराइटि रहेकाे छ।

इटहरी बजारकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे सपिङ्ग मलको ग्राउन्ड फ्लोरमा  मोबाईल स्टाेर, क्लाेथिङ् स्टाेर, ग्राउण्ड क्याफे, युनिक स्वीटस लगायतका आर्कषणहरू रहेका छन ।

पहिलो तल्लामा सेन्ट्रल मार्ट तथा  सनराईज बैँक रहेका छन् भने दोस्रो तल्लामा  मेलाइन्ज स्टाेर, स्काई शप (फिटनेस), बिभिन्न बुटिक तथा रेडिमेड स्टाेरहरू रहेका छन । मलकाे तेस्राे तलामा निल डेबिट शैलुन, बाटिस्टा ट्रेनिङ, ओप्पो सर्भिस सेन्टर रहेका छन् ।  पाँचो तल्लामा सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौ तल्लामा रहेको छ । इटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुईवटा स्क्रिन छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमा थ्रीडीमा हेर्न पाइने छ । सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा होटल बरन्डा रहनेछ । यो होटलमा ३६ आकर्षक कोठा छन् । सबै कोठाबाट इटहरीको दृश्याअबलाेकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया