बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२५० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया