बिमितको घरघरमा नेशनल लाइफले पूर्यायाे ७८ लाख ७५ हजार दावी भुक्तानी

केराबारी । बीमा गर्दा पैसा पाइन्दैन भन्ने धेरै मानिसको भ्रमलाई चिर्दै नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीले शनिवार एकै दिन मोरंगको केराबारीमा चारजना आश्रित परिवारलाई घरघरमा पुगेर बीमालाभ बापतको रकम हस्तान्तरण गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा विभिन्न समयमा बीमा गरी मृत्यु भएका केराबारी ३ का राजु देवान,वडा नं.१० का चुरानसिंह विक, हस्तवहादुर (सनम )मगर, बेलबारी ८ भाउनेका रञ्जित सूब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई बीना झञ्झट मृत्यु भएको छोटो समयमा कम्पनीका प्रतिनीधि घर घरमा पुगेर ७८ लाख ७५ हजार बराबरको बीमालाभ भुक्तानी गरेको हो ।

कम्पनीमा ०७७ मंसिर ३० गते ५० लाखको बीमा गरेका केराबारी ३ का राजु देवानको ०७८ श्रावन ३१ गते कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । देवानको श्रीमति गंगामाया लिम्बूलाई कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले ५१ लाख ८६ हजार ६सय ६७ रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । देवानले १५ वर्षे अवधिको बीमा गरी ४ लाख ६६ हजार रुपैया प्रिमियम जम्मा गरेका थिए ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका केराबारी १० का समाजसेवी, राजनीतिककर्मी चुरानसिंक विकको श्रीमतिलाई पनि मृत्यु दावी अन्र्तगतको बीमालाभ भुक्तानी गरिएको छ । ६ वर्ष अघि ५ लाखको बीमा गरी वार्षिक ४३ हजार २ सय २८ रुपैया प्रिमियम वुझाउँदै आउनुुभएका विकको २०७८ भाद्र ६ गते मृत्यु भएपछि उहाँको श्रीमति अम्बिका बराइलीलाई बीमाङ्क र ६ वर्षको बोनस सहित ६ लाख ८८ हजार ५सय रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।

त्यसैगरी केराबारी १० का बीमिति हस्तवहादुर (सनम) मगरको श्रीमति कविता मगरलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । बिमित श्रायन मगरको प्रस्तावक रहेका बुबा हस्तवहादुर मगरको मृत्युपछि आश्रित परिवारका तर्फबाट कवितालाई सो रकम प्रदान गरिएको हो । अव उनको बीमाको किस्ता तिर्नु नपर्ने र बीमा अवधि पछि पुन लगभग २ लाख प्रदान गरिने पत्र समेत हस्तान्तरण गरिएको छ । बालअमृत बीमालेख अन्र्तगत १ लाखको बीमा गरेका मगरले वार्षिक ७६८४ का दरले ५ वर्षको किस्ता वुझाएका थिए ।

यसैविच बैदेसिक रोजगारीका क्रममा निधन भएका बेलबारी ८ भाउन्नेका बिमित रञ्जित सूब्बा लिम्बूको श्रीमति बबि सूब्बा लिम्बूलाई पनि १४ लाख रुपैयाको चेक प्रदान गरिएको छ।

कम्पनीले केराबारीमा पहिलो पटक घातक रोग उपचार खर्च पनि प्रदान गरेको छ । एक वर्ष अघि ५ लाखको बीमा गर्नुभएका केराबारी १० का बिमित हर्कमाया मगरलाई मुटुरोग लागेकाले उपचार खर्च बापत ५ लाख रुपैया प्रदान गरिएको हो । चेकहरु प्रदान गर्न कम्पनीका प्रदेश नं का प्रमुख नरेन्द्रराइ, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ,पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष किशान शाही लगायतका अभिकर्ताहरु घरघरमा पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया