इटहरी तथा दमकमा नेपाली ब्रान्ड ‘यूनाइटेड’ जुत्ताको अथोराइज्ड शोरूम संचालनमा

इटहरी । नेपालमै उत्पादन गरिएको यूनाइटेड ब्रान्डको जुत्ताको इटहरीमा अथोराइज्ड शोरूम संचालनमा आएको छ । नेपालकै अग्रणी छाला जुत्ताको उद्योग युनाइटेड रियल लेदर शुको अथोराइज्ड शोरूम इटहरी स्थित संगित चौकमा एक कार्यक्रमका बिच इटहरीका मेयर द्वारिकलाल चौधरीले रिबनकाटी शुभारम्भ गरेका हुन् ।

बिगत २५ बर्षदेखी निरन्तर रूपमा भारत, चिन, इटाली, स्पेन लगायतका देशहरूमा नेपाली छाला निर्यात गर्दै आइरहेको युनाइटेड रियल लेदरले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ छालाका उत्पादन्हरू जुत्ता, पर्स, बेल्ट लगायतका सामग्रीहरू उत्पादन थालिएको यूनाइटेड ट्यानरीसका सिइओ सदाम अक्तरले बताएका छन् ।

उनका अनुसार पूर्वको दमक तथा इटहरीका आउटलेटहरू संचालनमा आइसकेको बताए । उनले भोली २३ गते बिराटनगर, २४ गते पोखरा र २५ गते देखी काठमान्डौमा आउटलेट संचालनमा ल्याइने बताए । एक बर्षको अवधिमा नेपालभर ४० भन्दै धेरै आउटलेटहरू संचालनमा ल्याउने उदेश्यका साथ आफुहरू लागीपरेको बताएका छन् ।

बिराटनगर प्रधान कार्यालय रहेको यूनाइटेडले नेपाली छाला प्रसोधन गरी जुत्ताहरू उत्पादन गरिने हुनाले फिजिकल् ड्यामेजमा ६ महिना, छालामा लाइफटाइम रिप्लेसमेन्ट गरिने बजार व्यवस्थापक सोभितमान श्रेष्ठले बताए । उनले अन्य जुत्ता हरूसंग तुलना गर्दा यूनाइटेडका जुत्ताहरू सत प्रतिशत छालाको रहेको बताए । साथै नेपालीहरूको चाडपर्व दशैं, तिहार तथा छैठहरूको अवसरमा बिशेष छुट रहेको समेत बताए । गुणस्तरिय उत्पादन् रहेकाले आफुहरूले छिट्टैनै ग्राकहरूको मन जित्न सफल रहेने कुरमा बिश्वस्त रहेको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया