प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.५१ अंकले उकालो

काठमाडाैँ / साताको पहिलो कारोवार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २८८७.५० विन्दुमा आइपुगेको छ । गत बिहीबार नेप्से ०.६२ अंक घटेर २८७५.९७ विन्दुमा झरेको थियो । आज भने नेप्से ११.५१ अंक बढेको हो ।

आजकाे सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १७ हजार ५६९ कित्ता सेयर खरिद-बिक्री भएको हो । जसमध्ये ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया