भोलीबाट जीवन विकास लघुवित्तको कारोबार हुने, ओपनिङ रेन्ज यस्ताे

बिराटनगर / अघिल्लो महिना मात्र साधारण शेयर निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय सँस्थाको दोश्रो बजारमा बिहीबारदेखि कारोबार हुने भएको छ ।

जीवन विकास लघुवित्त र नेपाल स्टक एक्चेन्जबीच मङ्गलबार शेयर सूचीकरण गर्ने सम्झौता भएको थियो । सम्झौतासँगै नेप्सेमा जीवन विकासका ६० लाख ८४ हजार कित्ता साधारण शेयर सूचीकृत भएका छन् भने कम्पनीले दोस्रो बजारमा कारोबारको लागि जे बी एल बी कोडसमेत प्राप्त गरेको छ ।

कम्पनीका सँस्थापकतर्फ ४१ लाख ६ हजार ७ सय कित्ता र सर्वसाधारणलाई बिक्री गरिएको १९ लाख ७७ हजार ३०० कित्ता गरी कुल ६० लाख ८४ हजार कित्ता दोस्रो बजारमा कारोबार हुनेछन् । बिहीबारबाट यस कम्पनीको कारोबार न्यूनतम ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्ममा कारोबार गर्न नेपाल स्टक एक्चेन्जले कारोबार रेन्ज तोकिदिएको छ ।

तपाईको प्रतिक्रिया