लेटाङ्गमा नेपाल बङ्गलादेश बैंककोे विस्तारित सेवा केन्द्र

माेरङ / मोरङ्ग जिल्लाकाे लेटाङ्ग नगरपालीकामा नेपाल बङ्गलादेश बैंककोे विस्तारित सेवा केन्द्रकाे शुभारम्भ भएकाे छ । बङ्गलादेश बैंकले लेटाङ्ग नगरपालीकाको वुधवारे वजारमा आफ्नो ८ औ विस्तारित सेवा शुभारम्भ गरेकाे हाे । लेटाङ्ग नगरपालीको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का सर्वसाधारणहरूमा वित्तिय पहुँच पुर्‍याइ हरेक नेपालीको एक वैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउ पुर्‍याउने उदेश्यका साथ साे केन्द्रकाे शुभारम्भ भएकाे नेपाल वंगलादेश वैंकका प्रदेश नम्वर १ का प्रदेश प्रमुख श्री कृष्ण प्रसाद तिम्सीनाले बताए ।

सेवाकेन्द्रकाे स्थापना पश्चात यस भेगमा छरिएर रहेको पुँजिलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै वैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारवाट बैंकिङ्ग प्रणालि मार्फत प्राप्तहुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलवि खाता संचालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जनाएकाे छ ।

“सवैका लागी वैंक” भन्ने मुल उदेश्य राखि स्थापनाको २७ औ वर्ष पुरा गरेको नेपाल वंगलादेश बैकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा ATM बाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेकाे छ ।

तपाईको प्रतिक्रिया