“जिङ्गमा जीत उपभोक्ता उपहार योजना” अन्तर्गत उदयपुरका कुमार बने दशाैं स्कूटर विजेता

इटहरी/ चौधरी ग्रुपको उत्पादन ‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रीयुगा नगरपालिका, गाईघाट ११ का बिनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । ‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रम अन्तर्गत १० औ स्कुटर बितरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

बैशाख ७ गते सिजि फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्के लगायतको टिम गाईघाट पुगेर पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो ।

लुइँटेल संगै भर्खरै सम्पन्न ‘वाइवाइ मिस उदयपुर’ दोश्रो सिजनकि बिजेता निष्मा राउतले बिजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेका थिए । लुइँटेलले बिजेतालाई बधाई दिदै ‘यो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवन यापन गर्नको लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको पनि बताए । यस्तै लुइँटेलले उपभोक्ताको अत्याधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउने समेत जानकारी गराए ।

उक्त कार्यक्रममा कम्पनिका प्रदेश १ सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केले सिजि फुड्स द्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजना अन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उपहारहरु जित्न सकिने बताए ।

मास्केका अनुसार प्रदेश १ का विभिन्न जिल्ला र शहरमा उपभोक्ता एवं ग्राहाकलाई केन्द्रीत गरिएको उपहार योजना कार्यक्रमलाई अब तीव्रता दिइने छ । माघबाट उत्पादन सुरु गरेर बजारमा ल्याएको चाउचाउले माघ १९ बाट उपहार योजना सञ्चालनमा ल्याएको जानकारी दिए । मास्केका अनुसार यसअघि पहिलो र दोस्रो विजेता बन्दै सुनसरीको धरान–१५ की सुप्रीया श्रेष्ठ र मोरङको उर्लाबारी–३ मंगलबारेका कैलाश राई, तेस्राे विराटनगर महानगरपालिका–३ की पवित्रा कटवाल, चाैथाे स्कुटर विजेता दमक नगरपालिका–८ की सुशिला तामाङ, पाँचाैं स्कुटर बिजेता बाह्रदसी गाउँपालिका –८ चकचकीका प्रदिप चापागाई, छैठौं स्कुटर बिजेता झापा मेची नगरपालिका, ईटाभट्टाकी सिता आचार्य, साताैं स्कुटर बिजेता पाँचथर फिदिमका दावा शेर्पा, आठौं स्कुटर बिजेता संखुवासभा चैनपुरका समिर राई र नवाैं स्कुटर बिजेता तेह्रथुम म्याङलुङकी कमल कुमारीले उपहार स्वरुप स्कुटर प्राप्त गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया